सार्क क्षेत्रमा कोरोना महामारी : भारत र पाकिस्तानको अवस्था डरलाग्दो (पछिल्लो अपडेट)

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को महामारीले विश्वव्यापी रुप लिइरहेका बेला दक्षिण एसियाली (सार्क) मुलुकहरुमा पनि भाइरस संक्रमणको प्रभाव बढिरहेको छ । विशेष गरि भारत र पाकिस्तानमा  पछिल्लो समय कोरोना संक्रमण व्यापक रुपमा बढिरहेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सार्कका अन्य राष्ट्रहरुको तुलनामा भारतमा बढी छ । शुक्रबार  दिउँसोसम्म भारतमा मृत्यु हुनेको संख्या ७२ पुगिसकेको छ । पछिल्लो केही दिनयता भारतमा मृत्यु हुनेको संख्या ह्वातै वढेको हो ।

सार्ककै अर्को देश पाकिस्तानमा पनि कोरोना संक्रमण अप्रत्यासित रुपमा बढिरहेको छ । पाकिस्तानमा दुई हजार ४५८ संक्रमित छन् भने ३५ जनाको मृत्यु भैसकेको छ ।

मृत्यु हुनेको संख्या पाकिस्तानको तुलनमा भारतमा दोब्बरै बढी भए पनि संक्रमितको संख्या भने दुबै देशमा उस्तैउस्तै छ । भारतमा हालसम्म दुई हजार ५६७ संक्रमित भेटिएका छन् ।

कोरोना संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा  नेपाल र भूटानमा संक्रमितको संख्या एकदम न्यून छ  । माल्दिभ्ससहित नेपाल र भूटानमा अहिलेसम्म एक जनाको पनि मृत्यु भएको छैन ।

हेर्नुस् सार्क मुलुकमा कोरोना महामारीको पछिल्लो अवस्था

देश संक्रमित मृत्यु उपचार गम्भीर विरामी
भारत २५६७ ७२ १९२
पाकिस्तान २४५८ ३५ १२६ १०
अफगानिस्तान २७३ १०
श्रीलंका १५१ २२
बंगलादेश ६१ २६
माल्दिभ्स १९ १३
नेपाल
भूटान

प्रस्तुत तथ्यांक वर्डोमिटर्स डट इन्फोबाट लिइएको हो

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top