यि हुन् कोरोना संक्रमण नपुगेका १८ देश

काठमाडौं । डिसेम्बरको अन्त्यतिर छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएको भनिएका बेला अन्य मुलुकहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ । पछिल्लो समय भाइरस संक्रमण डरलाग्दो गरि फैलिंदै जाँदा मर्नेहरुको संख्यासमेत दिनानुदिन बढिरहेको छ ।

शुक्रवार बेलुकीसम्मको तथ्यांकअनुसार २०३ देशमा भाइरसको संक्रमण पुगिसकेको छ । कोरोना भाइरसका कारण हालसम्म झण्डै ५५ हजारको मृत्यु भैसकेको छ भने १० लाख भन्दा बढी संक्रमित भएका छन् ।

विश्वभर कोरोनाको संक्रमण तीव्र गतिमा बढीरहेका बेला केही मुलुकमा भने हालसम्म यसको संक्रमण देखिएको छैन । विश्वका विभिन्न १८ मुलुकमा हालसम्म कोरोनाको संक्रमण नदेखिएको रिपोर्टहरूमा उल्लेख छ ।

यी हुन् कोरोना भाइरसको संक्रमण नदेखिएका १८ देश

एसिया – यमन, उत्तर कोरिया, ताजकिस्तान, तुर्कमिनिस्तान

अफ्रिका- दक्षिण सुडान, लेसोथो, कोमोरोस, साओतोमे एण्ड प्रिन्सिप

ओसियाना- सोलोमन आइसल्याण्ड, भानुआतु, सामोआ, किरिबती, फेडरल स्टेट अफ माइक्रोनेशिया, तोङ्गा, मार्सल्ला आइसल्याण्ड, पालाउ, तुभालु, नउर

कोरोना भाइरसबारे नियमित अपडेट दिइरहेको वोर्डोमिटर्सइन्फोमा आधारित भएर हामीले यो समाचार तयार गरेका हौँ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top