कोरोना महामारी : संक्रमितको संख्या अमेरिकापछि स्पेनमा धेरै, इटाली तेस्रो

कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण स्पेनमा शुक्रबार मात्रै संक्रमित हुनेको संख्या सात हजारले वृद्धि भएको छ । यो संगै स्पेनमा संक्रमितको संख्या एकलाख १७ हजार पुगेको छ । यो संख्याले इटालीलाइ तेश्रो नम्बरमा धकेलिदिएको छ । अमेरिका भने अझै सबैभन्दा बढी संक्रमित देशको रुपमा कायम छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ महामारीका कारण ज्यान गुमाउनेहरुको संख्या २४ घण्टामा बढेर करिब ११ हजार पुगेको छ ।

मृतकको संख्या वृद्धि भए पनि दैनिक मृत्युदर भने मार्च २६ यता पहिलोपटक कम देखिएको छ ।

इटालीमा अहिलेसम्म करिब १४ हजार मानिसहरुको मृत्यु भैसकेको छ । यो संख्याले इटालीलाई मर्नेहरुको संख्याको हिसाबले अग्रस्थानमा पुर्याएको छ । तर केही दिनमै स्पेनले त्यो संख्यालाई उछिन्न सक्न्ने अनुमान गरिएको छ ।

कोरोना भाइरस तेज रफ्तारमा फैलिएसंगै स्पेन सरकारले मार्च १५ देखि नेसनल क्वारेन्टाइन लगाएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १० लाख नाघिसकेको छ । शुक्रबार साँझसम्म १० लाख ३० हजार ६४२ जनामा संक्रमण देखिएको छ भने ५४ हजार २२९ जनाको मृत्यु भैसकेको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top