फ्रान्स पठाउन जहाजमा लोड गरिसकिएको मास्क अमेरिकाले बिचमै किन्यो

कोरोआ महामारीका कारण बजारमा मास्क, प्रोटेक्टिभ सामानलगायतका स्वास्थ्य सामाग्रीको अभाव भैरहेका बेला फ्रान्स पठाउन राखिएका मास्क अमेरिकाले लिएको तथ्यको खुलासा भएको छ ।एक फ्रेन्च अधिकारीले दिएको जाकारीअनुसार चीनमा बनेका र फ्रान्स पठाउनका लागि हवाईजहाजमा लोडसमेत गरिसकिएका फेसमास्क र प्रोटेक्टिभ सामानहरु अचानक अमेरिकाले लागेको हो ।

कोरोना महामारीका कारण प्रोटेक्टिभ सामान र मास्कको अभाव झेलिरहेको फ्रान्सले ति सामाहरु चीनमा तयार गर्न अर्डर दिएको थियो ।

फ्रान्सको संसदले अत्यावश्यक मेडिकल सामाग्रीहरु खरिद गर्न अनुमति दिएपछि फ्रान्सका स्थानीय अधिकारीहरुले चीनबाट तुरुन्तै नगद दिएर खरिद गर्नको लागि अर्डर दिएका थिए । ति फ्रेन्च अधिकारीले रसिया टुडेलाई दिएको सूचना  अनुसार उनको क्षेत्रलगायत फ्रान्सका अन्य स्थानीय क्षेत्रहरुले जम्माजम्मी छ करोड मास्क चीनबाट मगाएको समेत जनाएका छन् । यो सूचना दिने अधिकारीको परिचय रसिया टुडेले दक्षिण पूर्वी फ्रान्सको आल्प्स कोट द अजुर प्रान्तका प्रमुख रेनौड मुसेलिएर भनेर दिएको छ । मुसेलिएरले यो सूचना गत बुधबार दिएको पनि बताइएको छ ।

मास्क उत्पादन भैसकेको र चीनमै रहेको बताउदै मुसेलिएरले डेलिभरीमा अलिकति समस्या भएको बताएका थिए । डेलिभरीको पहिलो खेप बिहीबार बेलुकासम्म फ्रान्स आइपुग्नु पर्ने थियो ।

तर देशले अप्रत्यासित रुपमा डेलिभरीको समस्या व्यहोर्नु परेको र अमेरिकाबाट यस्तो अमैत्रीपूर्ण प्रतिस्पर्धाको अपेक्षा नराखेको उनले खुलासा गरेका थिए ।

बुधबार बिहान चीनमा सो सामान लिएर फ्रान्सका लागि उड्न ठिक्क परेको जहाजबाट नै अमेरिकीहरुले नगद नै दिएर फ्रेन्च अर्डरलाई अमेरिकातर्फ उड़ाएको फ्रेन्च अधिकारीको दावी छ ।

‘अब यस्ता लजिष्टिक सामानहरु लोडिङ एरियाबाट नै अरु कसैले बढाबढ गरेर लैजान नपावस् भनि फ्रान्सका स्थानीय अधिकारीहरु चनाखो हुनुपर्ने र सप्लायरमाथि पनि निगरानी बढाउनु पर्ने आवश्यकता छ’, मुसेलिएरको भनाइ थियो । अब यी लजिष्टिक सामानहरुको खेप यसै हप्ताको अन्त्यतिर आइपुग्ने उनको विश्वास छ ।

‘अमेरिकीहरु उपलब्ध मास्क जुनसुकै हालतमा खरिद गर्न चाहन्छन् चाहे ति अन्य देशको लागि डेलिभरी गर्न तयार पारेको किन नहोस्’, एक फ्रेन्च दैनिक अखवार लिबरेसनले अज्ञात श्रोतको हवाला दिदै लेखेको छ, ‘उनीहरु सामान नहेरिकनै दोब्बर मूल्य तिर्न तयार हुन्छन् ।’

अमेरिका अहिलेसम्म कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी संक्रमित देशमा पर्छ । त्यहाँ दुई लाख भदा बढी मानिसहरुमा भाइरस पोजिटिभ केस पाइएको छ । मृत्यु हुनेको संख्या पनि पाँच हजार नाघिसकेको छ । फ्रान्स पनि कोरोना सक्रमणले नराम्रोसंग ग्रसित देश हो । त्यहाँ अहिलेसम्म ५६ हजार संक्रमित देखिएका छन् भने चार हजार मानिसले ज्यान गुमाई सकेका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top