कोरोना भाइरसविरुद्धका दुई खोपको परीक्षण हुँदै

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धका सम्भावित दुई खोपको परीक्षण सुरु गरेका छन् । कोरोना भाइरसविरुद्ध कोशेढुंगा साबित हुने ठानिएका खोपको वैज्ञानिकहरुले प्रयोगशालामा परीक्षण सुरु गरेका हुन् ।

अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी इनोभिओ फर्मास्यूटिकल्सले बनाएका खोप जनावरमा परीक्षण गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वीकृति दिएको छ ।

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले खोपले काम गर्छ वा गर्दैन भनेर हेर्ने छ । यस्तै यो परीक्षणको क्रममा खोप मानिसमा प्रयोग गर्न सुरक्षित रहे–नरहेको पनि हेरिने छ ।

यी खोपको पहिलो मानवीय परीक्षण गएको अप्रिलमा अमेरिकामा सुरु भएको थियो तर त्यो बेला जनावरमा परीक्षण गर्नु पर्ने चरणलाई बेवास्ता गरिएको थियो ।

विश्वभर तीव्र गतिमा कोरोना भाइरविरुद्धका विभिन्न खोपहरु बनाउने प्रयासमा वैज्ञानिकहरु छन् । तर अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रिअल रिसर्च अर्गनाइजेसन (सिएसआइआरओ) ले अहिले गर्न लागिएको परीक्षण सबैभन्दा विस्तृत प्रि–क्लिनिकल परीक्षण हुने बताएको छ ।

विश्वभरका वैज्ञानिकको सहकार्यका कारण कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा चाँडै सकारात्मक काम भएको र अहिले परीक्षण गरिएका खोपबाट आश रहेको सिएसआइआरओका डा. रोब ग्रेनफेलले बताएका छन् ।

बीबीसी

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top