रुसको सैनिक हवाईजहाज सहयोग सामाग्री लिएर अमेरिका जाँदै

कोरोना भाइरस ( कोविद -१९ ) बिरुद्ध लडिरहेको अमेरिकालाइ सहयोग पुर्याउन एक रसियन कार्गो सैनिक हवाईजहाज औषधि र अन्य सामाग्री लिएर रुसबाट उडेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंगको फोनवार्ता पश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले सहयोग लागि याचना गरेका थिए । “एक सैनिक हवाईजहाज मास्क र अन्य मेडिकल सरसामान लिएर अमेरिकाको लागि उडेको छ” रुसी रक्षा मन्त्रालयले एक संक्षिप्त बक्तब्यमा बुधबार जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले उपलब्ध गराएको एक फुटेजमा कार्गो प्लेनमा सयौं बाकस देखिएको छ । यी सामानहरु करिब आठहजार किमी टाढा पुर्याउन जहाज तयारि अवस्थामा भएको समेत स्पष्ट सो फुटेजमा देखिएको छ ।

दुवै राष्ट्रपतिहरु बीच फोनवार्ता भएको थियो । कुराकानीको दौरान तेज रफ्तारमा फैलिएको महामारीको बारेमा कुरा भएको थियो । सो अवसरमा अमेरिकामा प्रोटेक्टिभ सामानहरुको अभाव रहेको कुरा उठेपछि पुटिनले ट्रंपलाइ “सहयोग चाहिन्छ त्” भनेर सोद्धा ट्रंप ले “पठाउन अनुरोध गरेको” क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रंपले “असाध्यै ठुलो जहाज भरि मस्कोबाट मेडिकल सप्लाई हुदैछ” भनेर मस्कोले सामान पठाउने निश्चित नहुदै घोषणा गरेको पेश्कोभले भनेका थिए । त्यसपछि “यस महामारीले कसैलाई पनि छाड्ने छैन, किनकी यसको प्रकृति नै बिश्वब्यापी छ” भन्दै मस्कोले सामान पठाउन स्वीकारेको उनको भनाइ थियो ।

रुसबाट उपलब्ध हुन लागेको सहयोगप्रति केहि अमेरिकी उपबुज्रुगहरु भने चिढिएको समाचार छ । उनीहरुको गुनासो रुसी सहयोगमा ‘ दालमे कुछ काला ‘ देखिएको भन्ने देखिन्छ । उनीहरुले रुसी सहयोग ‘ प्रयोजनबिहिन ‘ भएको , प्रोपोगाण्डाको औजार भएको अथवा अमेरिकी माटोमा जासुशी गर्ने तरिका पनि हुनसक्ने षडयन्त्र भएको विचार व्यक्त गरेका छन् । तर रुसी आपूर्ति महामारीको बेला आबस्यक इमर्जेन्सी मौज्दात सकिएको समयमा र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाइ प्रोटेक्टिभ सामानहरुको नितान्त अभाब भएको बेला उपलब्ध भएको तर्फ उनीहरुको ध्यान नपुगेको समाचार हरुमा जनाइएको छ ।

गतहप्ता पनि रुसले ६०० भेण्टिलेटर , लाखौँ थान मास्क र मेडिकल एक्स्पर्टहरु महामारी बाट आक्रान्त इटाली पठाएको थियो । रुस प्रति पुर्बाग्रहि त्यहाँका केहि टिप्पणीकर्ताहरुले पनि यसलाइ रुसी अतिक्रमणको संज्ञा दिएका थिए । तर धेरै इटालियन उच्च अधिकारिहरु भने ” एक्यबद्धताको असल नमुना ” भन्दै अनुग्रहित भएका थिए ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top