चीनमा कोरोना भाइरस फैलिनु अगावै इटालीमा ‘अनौठो निमोनिया’ देखिएको खुलासा

चीनमा कोरोना भाइरसको संक्रमण देखिनु अगावै इटालीमा एउटा अनौठो प्रकृतिको रोग भेटिएको रहस्य सार्वजनिक भएको छ । एक यूरोपेली मुलुकका अग्रणी चिकित्सा विज्ञलाई उद्दृत गर्दै साउथ चाइना पोस्टले नोभेम्बरमा चीनले कोरोना भाइरसबारे जानकारी दिनु भन्दा एकहप्ता अगाडि नै उत्तरी इटालीमा ‘अनौंठो निमोनिया’ सर्कुलेट भएको  खुलासा गरेको हो ।

चिकित्सकहरूका अनुसार एकदम अनौंठो र गम्भीर प्रकृतिको यो रोग विशेष गरी बृद्ध उमेरका मानिसलाई लाग्ने निमोनिया प्रकृतिको हो । ज्युसेप्पे रिमुज्जी मिलानको फार्माकोलजिकल रिसर्चका लागि मारियो नेग्री इन्स्टिच्यूटका निर्देशकले अमेरिकाको नेशनल पब्लिक रेडियोसंगको एक साक्षात्कारमा यस्तो बताएका हुन् ।

‘यसको मतलब चीनमा यो प्रकोप भएको थाहा पाउनु पहिले नै यो भाइरस कम्तिमा लोम्बार्डीको उत्तरी क्षेत्रमा फैलिसकेको हुनुपर्छ’, उनले भनेका छन् ।

विज्ञहरूले कोरोना भाइरसको उत्पतिका बारेमा खोजी जारी राखेका बेला रिमुज्जीको यस्तो टिप्पणी आएका हो । चिनियाँ श्वास रोग विशेषज्ञ झोङ्ग नानशानले पनि कोरोना भाइरसको उत्पति चीनबाट नभएको दावी गर्दै भनेका छन्, ‘चीन यो रोग रिपोर्ट गर्ने पहिलो देश भए पनि यो कहाँबाट आएको हो भन्ने कुरा अझै निश्चित हुन सकेको छैन ।’

लोम्बार्डी इटालीको सबैभन्दा धेरै चिनियाँहरु बस्ने सहर हो । त्याहाँ पहलोपटक फेब्रुअरी २१ मा स्थानीय रूपमा प्रसारित भाइरसको संक्रमण देखिएको थियो ।

यो भाइरस मध्य चीन शहर वुहानमा डिसेम्बर १ मा पहिलो पटक फेला परेको थियो । साउथ चाइना मनिङ्ग पोस्टको एक रिपोर्टमा यो रोग नोभेम्बरको मध्यबाट फैलिएको भएता पनि त्यसको अधिकारीक पुष्टि भने हुन नसकेको बताइएको छ ।

वैज्ञानिकहरुले इटालीमा भाइरसको पहिलो संक्रमण जनवरीको अन्त्यमा चिनियाँ व्यक्तिको सम्पर्कमा आएको इटालीयनबाटै फैलिएको हुन सक्ने पनि बताएका छन् । जे होस्, यदि नोभेम्बरमै इटालीमा यो भाइरस थियो भन्ने पुष्टि भए चीनबाट फैलिएको भन्ने सिद्धान्त बदलिनेछ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top