फिल्ममा कोरोनाको असर : ‘कान्स फिल्म फेस्टिवल’ स्थगित

Last Updated Date:

फ्रान्समा हुने भनिएको संसारकै सबैभन्दा ठूलो फिल्म फेस्टिवल ‘कान्स फिल्म फेस्टिवल’ स्थगित भएको छ । आगामी मे १२ देखि २३ सम्मका लागि तय भएको ७३औं कान्स फिल्म फेस्टिवल कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको हो ।

आयोजकले शुक्रबार एक प्रेस बिज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले गर्दा तत्कालका लागि फेस्टिभल नहुने जानकारी दिएको हो ।

फ्रान्स सरकारले एक हजार भन्दा बढी व्यक्तिको भेलामा प्रतिबन्ध लगाएसंगै उक्त फेस्टिवल हुने या नहुने भन्ने अन्योलता थियो । गत वर्ष सम्पन्न कान्सको ७२औं संस्करणमा संसारभरिबाट १२ हजार भन्दा बढी मानिसले उपस्थिति जनाएका थिए ।

आयोजकका अनुसार अब यो फेस्टिभल जूनको अन्त्यमा या जुलाइको पहिलो हप्तामा हुने सम्भावना छ । तर यसबारेमा कुनै निर्णय नलिएको र आवश्यक सल्लाह भइरहेको जनाईएको छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top