कोरोना प्रकोप: एप्पलले चीन बाहिरका सबै स्टोरहरू बन्द गर्ने

पढ्न लाग्ने समय : < 1 मिनेट

काठमाडौँ । विश्वप्रसिद्ध एप्पल कम्पनीले कोरोना भाइरसको जोखिम कम गर्न मार्च २७ सम्म चीन बाहिरका आफ्ना सबै स्टोरहरू बन्द गर्ने निर्णय गरेको छ । कम्पनीका अनलाइन स्टोर तथा यसको ‘एप्पल स्टोर’ भने खुला रहनेछ।

एप्पलका सीईओ टिम कुकले कम्पनीले चीनको प्रकोपबाट पाठ सिकेर यस्तो कदम चालेको बताए । ‘हाम्रा लागि एक पाठ यो हो कि भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सबैभन्दा प्रभावकारी तरिका भनेको मानिसको घनत्व घटाउनु र सामाजिक दूरीलाई अधिकतम बनाउनु हो’,  कुकले शुक्रवार एक ब्लाग पोस्टमा लेखे थिए, ‘नयाँ संक्रमणको दर अन्य स्थानहरूमा बढ्दै जाँदा, हामी हाम्रो टोलीका सदस्यहरू र ग्राहकहरूको सुरक्षा गर्न थप कदमहरू चाल्दैछौं ।’

एप्पलले फेब्रुअरीको शुरुमा चीनमा पनि यस्तो कदम चालेको थियो । त्यसपछि स्टोरहरू खोल्नको लागि केही समय लागेको थियो । मार्च १३ पछि सीमित घण्टाको लागि चीनका स्टोरहरू फेरि खुलेका थिए ।

एप्पलको ७० प्रतिशत बिक्रि अमेरिका र यूरोपमा हुने गर्दछ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top