फेसबुकको घोषणा : मेडिकल मास्क बिक्रीको विज्ञापनमा प्रतिवन्ध

फेसबुकले एक घोषणा गर्दै अस्थायी रूपमा मेडिकल फेस मास्क बिक्री गर्ने विज्ञापनमा प्रतिबन्ध लगाएको छ।

फेसबुकका प्रोडक्ट म्यानेगमेंट निर्देशक रोब लेदरनले शुक्रवार ट्वीटमार्फत यस्तो घोषणा गरेका हुन् । कम्पनीले एक ब्लग पोस्टमा भनेको छ, ‘यस प्रकारका विज्ञापनहरु माथि आगामी केही दिनहरुको लागि अस्थाई रुपमा प्रतिबन्ध लागाईएको छ ।’

‘हामी मेडिकल फेस मास्क बिक्री गर्ने विज्ञापन र कमर्स लिस्टलाई प्रतिबन्धित गर्दैछौं’, लेदरनले भने, ‘हामी COVID19 लाई नजिकबाट अनुगमन गर्दैछौं र यदि हामीले सार्वजनिक स्वास्थ्य आपतकालको फाइदा उठाउने कोशिस गरिरहेको देख्यौं भने हाम्रा नीतिहरूमा आवश्यक अपडेटहरू गर्नेछौं। हामी आउँदो दिनहरुमा यो परिवर्तन ल्याउनेछौं ।’

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले पनि ट्वीट गर्दै भने, ‘आपूर्ति कम छ, मूल्यहरु बढी रहेको छ र हामी यो सार्वजनिक स्वास्थ्य आपतकालको फाइदा उठाउने मानिसहरुको बिरूद्ध छौं ।’

नयाँ पोलिसी परिवर्तनको एक दिनपछि कम्पनीका प्रवक्ताले जानकारी दिदै भने, ‘फेसबुकमा पोष्ट गरिएका राजनीतिक विज्ञापनहरू पनि हटाइनेछ यदि ति विज्ञापनमा कोरोनाभाइस सम्बन्धी गलत जानकारी दिएको छ भने ।’

कम्पनीले शुक्रबारदेखि सोमबारसम्म लन्डनको अफिस बन्द गरेको छ । साथै बिहीबार देखिनै खाडी क्षेत्रका कर्मचारीहरुलाई घरमै रहन र यात्रा रद्द गर्न भनेको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट हालसम्म विश्वभर मृत्यु हुनेको संख्या ३,४९७ पुगेको छ । विश्वका ९७ भन्दा बढी देशका १०२,२६२ भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top