कोरोना प्रभाव: नेपाली चलचित्रको शुटिंग बन्द गर्न आग्रह

Last Updated on

विश्वभरका मानिसमा त्रासको रूपमा देखिएको कोरोना भाइरस (कोभिड १९)को जोखिम बढ्दै गएकाले नेपाल चलचित्र निर्माता संघले चलचित्रकर्मीलाई सम्भव भएसम्म छायाङ्कन स्थगित गर्न अनुरोध गरेको छ ।

नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र त्यस्ता कार्यक्रम स्थगन गर्न अनुरोध गरेसँगै संघले पनि फिल्मकर्मीका लागि यस्तो सूचना जारी गरेको हो।

छायांकन भइरहेका चलचित्रको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ-आफ्नो चलचित्र छायांकन रोक्न पनि निर्माता संघले अनुरोध गरेको छ ।

अहिले सिमित चलचित्रमात्र छायांकनमा छन् । चलचित्र ‘ए मेरो हजुर ४’, ‘परदेशी २’ लगायत चलचित्रहरु फ्लोरमा छन् ।

यो सामग्री सेयर गर्नुहोस

error
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top