वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

पढ्न लाग्ने समय : < 1 मिनेट

काठमाडौं । संगीत क्षेत्रमा ख्याती कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ । विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा समेत ख्याती कमाएका राजोपाध्यायलाई भारतको राजस्थानमा माघ ५ गते विविधता मे एकता राष्ट्रिय सम्मान २०२० बाट सम्मान गरिएको हो ।

एनआरबि फाउन्डेशन एवं भब्या इन्टरनेशनलको आयोजनामा भएको अन्तराष्ट्रिय मैत्री सम्मेलनको अवसरमा भारतको राजस्थानको विवेकानन्द इन्स्टियूट अफ टेक्नोलोजीमा भएको समारोहमा राजोपाध्याय सम्मानित भएका हुन् । राजोपाध्यायले संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको बताइएको छ ।

समारोहमा राजोपाध्यायलाई डा सरिता शुक्ला, ज्योतिषाचार्य सरस्वती देवकृष्ण, मोहमद नइमले राष्ट्रिय सम्मान प्रदान गरेका हुन् । समारोहमा कलमकार मञ्चका संस्थापक शैलेन्द्र माथुर, मञ्चका निर्देशक डा. निशा माथुरलगायतको सहभागिता थियो ।

यो सामग्री सेयर गर्नुहोस

error20
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top