साग : २७ स्वर्णसहित नेपाल शीर्ष स्थानमा

काठमाडौं । काठमाडौँमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताको पहिलो दिनदेखि नै पदक तालिकामा अग्रता कायम गरेको नेपालले तेस्रो दिनको खेल चलिरहँदासम्म शीर्ष स्थानमै रहेको छ।

नेपालले अहिलेसम्म २७ वटा स्वर्ण पदक जितिसकेको छ । नेपालका लागि बुधबार कराँतेमा अनुपमा मगरले स्वर्ण पदक जितिन् । कराँते कुमुतेको ६८ केजी तौल समूहमा अनुपमाले पाकिस्तानी खेलाडी नगर्सिलाई ६-३ ले हराउँदै बुधबार स्वर्ण पदक जितेकी हुन् । त्यसैगरि उसुको पुरुष थाउलोतर्फ नेपालका लागि दीपक हमालले स्वर्ण दिलाए ।

कराँतेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । कराँतेमा नेपाल अहिलेसम्म कुनै पनि इभेन्टमा पदकविहीन हुनु परेको छैन ।

त्यसैगरी नेपालले साइक्लिङमा पनि दुई स्वर्ण पदक जितेको छ । नेपालले साइक्लिङको पुरुष र महिला दुवै इभेन्टमा स्वर्ण पदक जित्न सफल भएको हो । गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुईवटा स्वर्ण पदक जितेको हो । पुरुष इभेन्टतर्फ नेपालका राजेश मगर र महिला इभेन्टतर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top