साग : निर्णयक विरुद्ध अफिसियलहरुको धर्ना

काठमाडौँ । नेपालमा जारी १३ औं साग खेल अन्तर्गत उसुको थाउलु तर्फको थाइची छ्वान अलराउण्ड प्रतियोगितमा निर्णयका कारण विवादित बनेको छ । निर्णायकहरुले झेली गरेको भन्दै भारतीय प्रतिनिधिले विरोध गरेका हुन् ।

निर्णयकहरुले अंक दिन विभेद गरेको भन्दै भारतीय र नेपाली टोलीले विरोध जनाएका हुन् । निर्णय विरुद्ध अफिसियलहरुले धर्ना दिएका छन् ।

थाइचीतर्फ श्रीलंकाका खेलाडीले बिगारेपनि सोही खेलाडीलाई बढी अंक दिएर जिताएको भारत र नेपालको आरोप छ । श्रीलंकाका खेलाडी तारिदु नमल अनुराथालाई रेफ्रीहरुले १८.९ अंक दिएका छन् भने भारतीय खेलाडी ज्ञानदास सिंह १८.७९ अंक दिएका छन् । यस्तै नेपाद्यी खेलाडी हरीप्रसाद गोलेले १८.४९ अंक प्राप्त गरेका छन् ।

रेफ्रीहरुले दिएको अंकमा चित्त नबुझेको भन्दै त्यसको विरोधमा भारतीय टोलीका सदस्यहरु म्याटमा नै बसेका छन् । भारतीय र नेपाली पक्षले विरोध जनाएसँगै उसुका खेलहरु केहीबेर देखि रोकिएका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top