साग : करातेमा नेपाललाई अर्को स्वर्ण, पदक संख्या ४७ पुग्यो

काठमाडौँ  नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) को करातेमा नेपालले अर्को एक स्वर्ण पदक थपेको छ । नेपालका लागि अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन् ।

सातदोबाटोस्थित कभर्डहलमा बुधबार भएको फाइनलमा अनुपमाले ६८ किलोमाथिको प्रतिस्पर्धामा पाकिस्तानकी नर्गिसलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यससँगै करातेबाट नेपाललाई १० स्वर्ण हात परिसकेको छ । जारी सागमा नेपाललाई करातेबाटै मण्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका थिए ।

प्रतियोगितामा नेपाल २५ स्वर्ण, ९ रजत र १३ कांस्य गरि ४७ पदकसहित शीर्ष स्थानमा छ । १३ स्वर्ण, १३ रजत र ९ कांस्य गरि ३५ पदक जितेको भारत दोश्रो स्थानमा छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top