प्रभुत्ववाद विश्व शान्तिका लागि ठुलो खतरा : चीन

चीनले एकल ध्रुवियता र प्रभुत्ववाद विश्व शान्ति र स्थिरताको लागि खतरा हुने बताएको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अहिले एकल ध्रुवियता र प्रभुत्ववाद निकै ठूलो खतरा बन्दै गैरहेको दावी गरेका हुन् ।

दक्षिण कोरियाको भ्रमणमा रहेका विदेशमन्त्री वाङ्गले राजधानी सियुलमा दक्षिण कोरियाका आफ्ना समकक्षी कांग क्युंग-ह्वासंगको कुराकानीका क्रममा यस्तो बताएको सिन्ह्वाले जनाएको छ ।

‘एकल ध्रुवियताले प्रचलित अन्तर्राष्ट्रिय राजनैतिक मान्यतालाइ बेवास्ता गर्ने गरेको छ, त्यसैगरी प्रभुत्ववादले अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुर्याउछ’, वाङ्गको भनाइ छ ।

भेटघाटका क्रममा विदेश मन्त्री वाङ्गले आफ्नो देशले बहुपक्षियताको समर्थनमा दक्षिण कोरिया लगायत सबै जिम्मेवार देशहरुसंग मिलेर काम गर्न चाहेको बताएका थिए । ‘बहुपक्षीयताले समानता र न्यायको सिद्धान्तको रक्षा गर्नुको साथै बहुपक्षीय व्यापारको संरक्षण गर्छ, बहुपक्षीयता विश्व व्यापार संगठनको कोशेढुंगा मानिन्छ’, वाङ्गले जोड दिंदै भनेका छन्  ।

वाङ्ग पाँच वर्षपछि दक्षिण कोरियाको भ्रमण गर्ने सबैभन्दा उच्चपदस्थ चिनियाँ कुटनीतिज्ञ हुन् । उनी बुधबार दक्षिण कोरियाको दुइदिने भ्रमणको लागि सिउल पुगेका थिए । दुवै देश आपसी सम्बन्ध सुदृढ पार्न इच्छुक देखिन्छन् ।

दक्षिण कोरिया बेइजिङकोसाथ् लिएर उत्तर कोरिया र अमेरिकाबीचको कोरियन प्रायद्विपको परमाणु निशस्त्रीकरण वार्ता पुन: संचालन होस् भन्ने चाहन्छ भने चीन दक्षिण कोरियामा स्थापित अमेरिकी टर्मिनल हाइ अल्टिचुड एरिया डिफेन्स सिस्टम (THAAD)को बारेमा कुरा गर्न आतुर देखिन्छ ।

(एजेन्सीहरुको सहयोगमा)

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top