जनयुद्धकी लडाकु अनुपमाले दिलाइन नेपाललाई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छिन् । बुधबार भएको खेलमा उनले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।

महिला ६८ केजी माथिको कुमुतेमा अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६-३ ले हराएकी हुन् । पाकिस्तानी खेलाडी एसियन गेम्समा कास्यधारी खेलाडी हुन् ।

अनुपमा १० वर्षे जनयुद्धमा सहभागी भएकी थिइन् । शसस्त्र संघर्षको अन्त्यसँगै उनी छैटौं राष्ट्रिय खेलकुदमा तत्कालीन माओवादी जनसेनाको पिएलए क्लवबाट सहभागीता जनाएकी थिइन् ।

छैठौँ राष्ट्रिय खेलकुदमा कास्य पदक जितेकी उनी सातौं र आठौं राष्ट्रिय खेलकुद भने नेपाल पुलिस क्लबबाट खेलिन् । सातौंमा कांस्य जितेकी उनले आठौंमा स्वर्ण जितेकी थिइन् ।

 

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top