भारतीय सेनाका पूर्व मेजर जनरलको आपत्तिजनक अभिव्यक्ति : ‘बलात्कारको बदला बलात्कार’ भने पछि स्टुडियोमै हंगामा (भिडियो सहित)

भारतीय सेनाका एक पूर्व मेजर जनरलले काश्मीरका सम्बन्धमा दिएको अभिव्यक्तिको यतिबेला सर्वत्र आलोचना भैरहेको छ । सेवा निवृत्त ति मेजर जनरलले एक टेलिभिजन कार्यक्रममा ‘कश्मीरमा हत्याको बदला हत्या र बलात्कारको बदला बलात्कार’ हुनुपर्ने गैरजिम्मेवारपूर्ण भनाई राखेपछि आम मानिसहरु आक्रोशित बनेका हुन् ।

काश्मीर उपत्याकाका गैरमुस्लिम परिवारको निष्कासन सम्बन्धि टिभी ९ भारतवर्ष च्यानलमा एक बहस कार्यक्रममा भाग लिँदै पूर्व मेजर जनरल एसपी सिन्हाले यस्तो आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

उक्त बहसमा सन् १९९० को दशकमा कश्मीर भ्यालीबाट हजारौंको संख्यामा गैरमुस्लिम नागरिकको अपहरण, हत्या, बलात्कार जस्ता अपराध भएको जिकिर गरिएको थियो ।

प्रत्यक्ष प्रशारण गरिएको सो कार्यक्रममा सिन्हाले आवेशमा आएर ‘हत्याको बदला हत्या र बलात्कारको बदला बलात्कार’ भन्दै चिच्याए पछि  स्टुडियोमै हङ्गामा भएको थियो ।

सिन्हाको उक्त अभिव्यक्तिप्रति धेरैले आपत्ति जनाएका छन् । वदलाको भावनाबाट प्रकट भएको यस्तो अभिव्यक्ति मध्ययुगमा हुने गर्थ्यो जतिखेर महिलालाई उपभोग्य साधनको रुपमा हेरिने गरिन्थ्यो । तर आधुनिक युगमा यस्ता अभिव्यक्तिलाई युद्धपराधकै रुपमा लिने गरिन्छ ।

उनको यस भनाइको तत्कालै प्रतिवादसमेत भएको थियो । साथै उनलाई क्षमा माग्नसमेत दबाब दिईएको थियो । तर उनी आफ्नो भनाईप्रति अडिग रहे र पछि हट्न चाहेनन् ।

अहिले यो भिडियो भाइरल भैरहेको छ । भारतीय सेनाका रिटायर्ड केहि जनरलहरुले समेत सिन्हाको उक्त अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन । रिटायर्ड लेफ्टिनेन्ट जनरल बिनोद भाटियाले मेजर जनरल सिन्हालाई ‘क्षणिक प्रशंशाका लागि अपमानजनक स्टेटमेन्ट दिने व्यक्ति’ को संज्ञा दिएका छन् । त्यसैगरी अर्का रिटायर्ड लेफ्टिनेन्ट जनरल सैयद अता हस्नैनले सिन्हालाई ‘लुज मिसाइल’ को संज्ञा दिए ।

भारतीय सेनाले भने सिन्हाको उक्त आपत्तिजनक भनाईबाट आफूलाई पर राख्दै रिटायर्ड सैन्य अधिकारी भारतीय सेनाको संहितामा नबाधिने तर्क  गरेको छ । घटना पश्चात सिन्हा भने संचार माध्यमको सम्पर्क बाहिर छन् ।

पाकिस्तानका राष्ट्रपति डा. अरिफ अल्भिले एक ट्विटर संदेशमार्फत ‘यस्ता निच र फोहोरी सोचाई राख्ने भारतीय सेनाका अफिसरहरुबाट कश्मिरी महिलाहरु कति सुरक्षित होलान ?’ भनि प्रश्न गरेका छन् ।

हेर्नुस् भिडियो

(एजेन्सीहरुको सहयोगमा )

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top