श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतदान आज, चार मुख्य उम्मेदवारबीच प्रतिष्पर्धा

श्रीलंकामा आज नयाँ राष्ट्रपति निर्वाचनको मतदान भएको छ । निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाई तथा पूर्व रक्षामन्त्री गोताव्या राजपाक्ष र पूर्व राष्ट्रपति रणसिंघे प्रेमादाशाका छोरा तथा वर्तमान आवास मन्त्री सजिथ प्रेमादाशाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । राजपाक्ष श्रीलंका पोदुजना पेरामुना दलको तर्फबाट र प्रेमादाशा सत्ताधारी युनाइटेड नेसनल पार्टीबाट उम्मेदवारका रुपमा प्रतिष्पर्धामा उत्रेका हुन् ।

राजपाक्ष २६ वर्ष लामो तमिल बिद्रोहलाई कुल्चेर राष्ट्रिय हिरो बनेका थिए । उनी आतंकवाद बिरोधि उम्मेदवारको रुपमा चिनिन्छन् । उनलाई चीन निकट उम्मेदवारका रुपमा हेरिएको छ । उनले आफू निर्वाचित भए आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री बनाउने घोषणा गरेका छन् ।

अर्कोतर्फ प्रेमादाशा जसले आफ्ना बाबु तामिल टाइगरको बम हमलामा गुमाएका थिए । उनले भने आर्थिक विकासलाई प्रमुख मुद्दा बनाएका छन् । नेपालको तुलनामा आधा भन्दा सानो मुलुक श्रीलंकाको अहिले बैदेशिक ऋण ३४.४ बिलियन डलर रहेको छ । उनी सम्मिलित सरकार गत इस्टर सन्डेको बम हमला रोक्न असफल भएको थियो । यो बम हमलामा २ सय ६९ जना मारिएका थिए । उनले पूर्व सेनापति सरथ फोन्सेकालाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने घोषणा गरेका छन् । प्रेमादाशालाई भारतको सदासयता रहेको मानिएको छ ।

यी बाहेक अन्य दुइजना महत्वपूर्ण तर साना पार्टीका उम्मेद्वारहरु पनि मैदानमा छन् । जनता बिमुक्ति पेरामुना पार्टीका अरुण कुमार दिशानायाके र नेसनल पिपुल्स पार्टीका महेश सेनानायाके चुनावी मैदानमा उत्रेका छन् । उनीहरुको चुनाव जित्ने सम्भावना कम देखिए पनि उनीहरुले प्राप्त गर्ने मतले माथिल्ला दुई उम्मेदवारको भाग्य निर्धारण गर्ने देखिन्छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top