४ करोडमा मिल्यो रुप ज्योति र मल्लबीचको विवाद

ठगी अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी डा. रुप ज्योति हिरासत मुक्त हुने भएका छन् । डा. ज्योतिविरुद्ध ठगी अभियोगमा प्रहरीमा जाहेरी दिने विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिएपछि विवाद सकिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उद्योगपति रुप ज्योतिको मुद्दा फिर्ता लिने निर्णय गरेपछी यो प्रकरण साम्य हुने भएको हो ।

ठगी मुद्दामा मुद्दाका पीडित पक्षले आफूले आफ्नो रकम पाएको लिखित जानकारी जिल्ला सरकारी वकिलको कार्यालयलाई गराए पछि सो निर्णय गरिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौका प्रमुख चन्द्रकान्त खनालले बताउनुभयो ।

लेनदेन सम्बन्धी विवाद भएकाले पछि अदालतमा गएर पनि मिलापत्रबाट गर्न सक्ने भएकाले सो मुद्दा फिर्ता लिने निर्णय गरेको हो । डा. ज्योतिसमेत सेयरधनी रहेको ल्याण्डमार्क डेभलपर्सले बनाउन लागेको वासबारीको घर किन्न भन्दै मल्लले २०७१ सालमा रकम बुझाएका थिए । तर, ल्याण्डमार्कले घर बनाएर नदिएको र उल्टै सो जग्गा पनि अर्कैलाई विक्री गरेको भन्दै मल्लले प्रहरीमा जाहेरी दिएका थिए । मल्लको यस्तो जाहेरीले डा. ज्योतिलाई २१ कात्तिकमा प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । डा. ज्योतिसँगै उनकी छोरी पनि पक्राउ परेकी थिइन् ।

उनीहरुबीचको लेनदेनको विवाद डा. ज्योतिले मल्ललाई ४ करोड रुपैयाँ दिने शर्तमा मिलेको हो । डा. ज्योतिलाई अहिले दरबारमार्ग प्रहरीको हिरासतबाट सरकारी वकिलको कार्यालय लगिएको छ । कार्यालयले डा. ज्योतिसम्बन्धि सम्पूर्ण फाइल प्रहरीलाई फिर्ता गरिसकेको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top