फ्रान्समा मजदूर युनियनको आह्वानमा भएको आमहड्तालमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा दर्जनौं घाइते भएको र सयौं प्रदर्शनकारीहरुलाई राजधानी पेरिसमा गिरफ्तार गरिएको समाचार सार्वजनिक भएको छ । देशव्यापी रुपमा भएको यो आमहड्तालमा दशौँ लाख मानिस सडकमा उत्रेका छन् । संचार माध्यममा प्राप्त भिडियो फुटेजमा प्रदर्शनकारीहरुले प्रहरीमाथि केहि बस्तु…

ओली सचिवालय : जोगिए रिमाल, प्रेस सल्लाहकारमा सूर्य थापा
प्रधानमन्त्री ओलीले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई बिदाइ गरेलगत्तै आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आकस्मिक रूपमा बैठक बोलाएका ओलीले आफ्ना सल्लाहकार नियुक्तिमा पनि परामर्श गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना १२ मध्ये ६ जना सल्लाहकारलाई हठात हटाएपछि अब त्यो ठाउँमा को–को आऊलान् वा दोहोरिएलान् भन्ने चासोको बिषय छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालको राजीनामा स्वीकृत भएपछि अब सो ठाउँमा नेकपाका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापालाई आज बस्ने मन्त्रिपरिषद् बैठकबाटै नियुक्तिको तयारी भइरहेको स्राेतको दाबी छ ।
रिमाल पुरानै जिम्मेवारीमा
प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका विष्णु रिमाल पुनः सोही पदमा फर्कने भएका छन् । ओली निकट मानिने महेश बस्नेत, निरुदेवी पाललगायतका नेताहरूको तीव्र असन्तुष्टिका बीच रिमाललाई पुरानै जिम्मेवारीमा फर्काउन लागिएको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको तीव्र दबाबपछि ओली रिमाललाई जिम्मेवारीमा फर्काउन तयार भएको स्रोतको दावी छ ।