आलम विरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आउने आदेश

कांग्रेस नेता एवम् पूर्व मन्त्री आफताब आलम विरुद्धको थुनछेक बहस सकिएको छ । रौतहटको फरदवामा भएको बम विष्फोट, ज्यान मार्ने उद्योग र कर्तब्य ज्यान सम्बन्धी मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ परेका आलम विरुद्धको थुनछेक बहस जिल्ला अदालत रौतहटमा पछिल्लो आठ दिन यता चल्दै आएको थियो ।

२०६४ चैत्र २७ गते रौतहटको फरदवामा बम विष्फोट भएको थियो । उक्त घटनामा सरकारी वकिललको कार्यालय कात्तिक १८ गते जिल्ला अदालत रौतहटमा सजायको माग दाबीसहित मुद्दा दर्ता गराएको थियो ।

थुनछेक बहसमा आलम पक्षका कानून व्यवसायीको बहस सकिएपछि आलम र जाहेरी दिने श्री नारायण सिंहसँग न्यायाधिशले घटनाबारे सोधपूछ गरेका छन् । न्यायाधिश दिपक ढकालको इजलासले उक्त घटनामा आलमलाई थुनामा राख्ने/नराख्ने सम्बन्धमा आजै आदेश गर्ने अदालत स्रोतले जनाएको छ ।

 

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top