अलिबाबाको एकै दिनको व्यापार ३८ बिलियन डलर भन्दा बढी

अनलाइन व्यापारको क्षेत्रमा आश्चर्यजनक रुपमा प्रगति गरिरहेको अलिबाबा कम्पनिले एकै दिनमा ३८ बिलियन डलर भन्दा बढीको व्यापार गरेको छ । अलिबाबाले अनलाईन व्यापारको क्षेत्रमा एकैदिनमा ठूलो व्यापर गरेर रेकर्डसमेत बनाएको छ  । अलिबाबाले गत सोमबार ११ नोभेम्बरका दिन यति ठूलो अनलाइन व्यापार गरेको सिन्ह्वाले जनाएको छ ।

चीनको सिङ्गल डे सपिङ्ग इभेन्टमा पहिलो आधा घण्टामै ब्ल्याक फ्राइडे र मन्डेको संयुक्त बिक्रि भन्दा बढी बिक्रि भएको थियो । सिंगल डे सपिङ्गको अवधारणा अलिबाबा इ-कमर्सले सन् २००९ मा अगाडि सारेको थियो । यो इभेन्ट प्रत्येक वर्षको नोभेम्बर ११ मा विश्वब्यापी रुपमा हुने गर्छ ।

अलिबाबाले इभेन्ट्स शुरु भएको एक मिनेट ३६ सेकेन्डमै एक दशमलब चार तिन बिलियन डलर बराबरको व्यापार  गरेको समाचारमा जनाईएको छ । त्यसैगरी एक घण्टा तीन मिनेट ५९ सेकेन्डमा सय बिलियन युआन बराबरको व्यापार भएको थियो । १४ घण्टा २१ मिनेट २७ सेकेन्डमा पुग्दा गत वर्षको रेकर्डलाई उछिनेको थियो ।

अलिबाबाले पाँच लाख ४४ हजार अर्डर प्रति सेकेन्ड प्राप्त गरेर त्यसमा पनि किर्तिमान कायम गरेको थियो ।

सन् २००९ मा भएको पहिलो सपिङ फेस्टिबलमा जम्मा २७ ब्राण्डले मात्र सहभागिता कायम गरेका थिए । तर यस वर्ष दुई सय देशका दुई लाख २० हजार भन्दा बढी ब्राण्डले भाग लिएका थिए ।

यस वर्ष सपिङ फेस्टिबलमा एक करोड भन्दा बढी आइटमहरु खरिदका लागि उपलब्ध थियो । एक लाख भन्दा बढी अनलाइन पसलहरुले प्रत्यक्ष प्रसारण गरेको समाचारमा उल्लेख छ ।

ग्लोबल कन्जम्प्सनलाई वृद्धि गर्न एक हजार जति साइबर सेलेब्रिटिहरुले बिभिन्न भाषामा ब्रोडकाष्टसमेत गरेका थिए ।

चीनको स्टेट पोष्ट ब्युरोले नोभेम्बर ११ देखि १८ सम्ममा दुई दशमलब ८ बिलियन प्याकेजहरु हस्तान्तरण गरिने अपेक्षा गरेको जनाएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top