घडी चोरेको आरोपमा  फ्रेन्च फुटबलर टिमबाट निष्कासित

फ्रेन्च फुटबल लिगको उच्च बरियतामा रहेको टिम निशले आफ्ना फरवार्ड खेलाडी लामाइन दियाबी फदिगालाई चोरीको अभियोगमा बर्खास्त गरिदिएको छ । उनले आफ्नै टिमका अर्का खेलाडी कास्पर डोल्बर्गको ७६ हजार डलर पर्ने रोलेल्स घडी चोरी गरेका थिए ।

डोल्बर्ग भर्खरै निशमा प्रवेश गरेका खेलाडी हुन । उनले गत सेप्टेम्बर १६ का दिन आफ्नो क्लबको ड्रेसिङ्ग रुमबाट आफ्नो घडी हराएको बताउदै पुलिस कहाँ तुरुन्तै रिपोर्ट गरेका थिए । तर दियाबी-फदिगाले आफूले सो घडी चोरेको स्विकारेपछि अनुसन्धानलाइ स्थगित गरिएको छ ।

क्लबले निकालेको स्टेटमेन्टमा दियाबी-फदिगाको सम्झौता तुरुन्तै लागू हुने गरि टुंगिएको जनाइएको छ ।

‘निश र दियाबी-फ़डिगा मंगलबार देखि अलग भएका छन्’, निशको स्टेटमेन्टमा भनिएको छ ।
कास्पर डोल्बर्गको घडी चेन्जीङ रुमबाट चोरी भएको र दियाबीले आफूले चोरेको स्वीकार गरेको सन्दर्भमा दियाबीसंगको सहमति तोडिएको र उक्त निर्णय तुरुन्तै लागू  हुने क्लबले निर्णय गरेको छ ।

‘खेल र आर्थिक अनुशासनलाई ध्यानमा राख्दा यस्तो व्यवहार ग्राह्य हुन सक्दैन, यस्तो व्यवहारले
क्लब परिबारका सबै सदस्यको आत्मविश्वासमाथि विश्वासघात भएको छ,’ स्टेटमेन्टमा अगाडि भनिएको छ ।

दियाबी-फदिगा सो क्लबमा १३ वर्षको उमेरमा प्रवेश गरेका थिए । १८ वर्षीय दियाबी-फदिगालाइ फ्रान्सको उदियमान फुटबल खेलाडी मानिन्थ्यो । उनले अन्डर-एटिनको अन्तर्राष्ट्रिय टुर्नामेण्टमा फ्रान्सको तर्फबाट भागसमेत लिइ सकेका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top