संयुक्त राज्य अमेरिका सन् २००८ को भन्दा खराव आर्थिक मन्दीको चपेटामा पुग्नसक्ने तथ्य सार्वजनिक भएको छ । युरो प्यासिफिक क्यापिटलका फाइनान्सियल कमेन्टेटर पिटर स्चिफ्फ़ले रसिया टुडेको ‘बूम बस्ट’ भन्ने कार्यक्रममा बोल्दै यसबारे खुलस्त पारेका हुन् । गत मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै मुलुकका नेगोसियटरहरुसंगको फोनवार्ता पछि चीन र अमेरिकाबीच…

अनुसन्धानकर्ता नै आश्चर्यमा : चीनका पूर्व गभर्नरको घरबाट १३.५ टन सुन बरामद
चीनको हैनान प्रान्तको हैकाउ शहरस्थित एक पूर्व गभर्नरको घरमा भारी मात्रामा सुन भेटिएको छ । अपत्यारिलो मात्रामा सुन भेटिएपछि उक्त घरमा पुगेका अपराध अनुसन्धानदाताहरु समेत आश्चर्यमा परेका छन् । झाङ्ग की नामका ति अधिकारीलाई तत्काल गम्भीर बयान दिनुपर्ने आपत परेको थियो ।
झाङ्ग कम्युनिष्ट प्रान्तीय तथा नगरस्तरीय समितिका सदस्यसमेत हुन् । उनीमाथि उनका शंकास्पद काम कारवाहीप्रति अनुशासनको पुनरावलोकन र सम्भावित गैरकानुनी काम भएको आशंकामा निगरानी राखिदै आइएको थियो । यस्तो अनुसन्धानबाट गुज्रिरहेका झाँगको निवाशबाट असंख्य द्रव्यले भरिएको भण्डार नै अनुसन्धान टोलीले भेट्टाएको थियो ।
अनुसन्धानकर्ताहरुले १३.५ टन सुन, करोडौं नगद, पुरातात्विक सामानहरु र विलासी रियलस्टेटका कागजातहरु बरामद गरेका छन् । एक स्थानीय संचारकर्मीका अनुसार सेप्टेम्बरको सुरुदेखि नै अनुशासन समितिले उनीमाथि गहिरो छानविन गरिरहेको थियो ।
चीनमा सरकारी कर्मचारीले आर्थिक अपराध गरेको ठहरिएमा मृत्युदण्ड दिने प्रावधान छ ।