अमेरिकी कानुन : १ करोड ५० लाख वर्षको जेल सजाय

१७ सेप्टेम्बर मंगलबारका दिन प्रख्यात ह्विसल ब्लोअर एडवार्ड स्नोडेनको आत्मकथा बजारमा आयो । सोहि दिन उक्त किताब संसारका धेरै देशका पुस्तक पसलमा खात लागे । स्नोडेनले आफ्नो आत्मकथा लेखिएको यस पुस्तकको नाम ”पर्मानेन्ट रेकर्ड” राखेका छन् ।

एडवार्ड स्नोडेन एक अमेरिकन कम्प्युटर प्रोग्रामर हुन् । उनी अमेरिकी गुप्तचर संस्था सीआइए र नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) का पूर्व कर्मचारीसमेत रहिसकेका व्यक्ति हुन् ।  जुलाई २०१३ देखि उनी रसियामा शरण लिएर बसिरहेका छन् ।

स्नोडेन रुसी भूमिमै अस्थायी रुपमा शरणार्थी भएर बसेको पनि ६ बर्ष नाघिसक्यो । बास्तवमा उनी ल्याटिन अमेरिकी भूमिमा अवतरण गर्न चाहन्थे, तर अमेरिकी सरकारले उनको पासपोर्ट रद्द गरिदियो । उनी हङकङको बाटो भएर रुस पुगेका थिए । उनी हङकङ पुगिसकेपछि अमेरिकी सरकारले अब कहिल्यै नफर्कने गरि गएको सुइँको पाएको थियो ।

सन् २०१३ को मे २० तारिखमा स्नोडेन हङकङका लागि उडेका थिए । त्यहाँ उनले २० मे र ९ जुनको बीचमा एनएसए कल डाटाबेस, असिमित सूचना संकलकहरुको बारेमा, प्रिज्म (Prism) र टेम्पोरा (pempora) प्रोग्रामहरुको बारेमा सबै कुरा खोलिदिए । जसलाई बेलायतको प्रख्यात समाचारपत्र द गार्डियनले ९ जुन आइतवारको अंकमा उनको परिचय सहित प्रमुखताको साथ छाप्यो ।

स्नोडेनले अमेरिकाद्वारा सिर्जना गरिएका सबै गोपनियता खोलिदिएका कारण उनलाई सम्पूर्ण नागरिक अधिकारबाट बन्चित गर्नुपरेको अमेरिकी प्रशासनको दावी छ । अमेरिकाले मानिसहरु फोनमा के कुरा गरि रहेका छन् र विधुतीय  माध्यमहरुद्वारा के सूचनाहरु आदान प्रदान गरि रहेका छन् भन्ने बुझ्न डिजिटल सामाग्रीहरु बनाएको थियो ।

वासिंगटनले शुरुमा स्नोडेन ‘रुसी सैतानहरुको लागि’ काम गरिरहेको प्रमाणित गर्न चाहन्थ्यो । तर कसैले पनि अमेरिकी फट्याईलाइ विश्वास गरेनन् ।

कुंग्फुका माष्टर, क्षारे रोगबाट ग्रस्त स्नोडेन तीक्ष्णता परिक्षण (आइक्युटेस्ट)मा विलक्षण क्षमता भएका असाधारण व्यक्ति हुन् । तर पनि एक ३६ वर्षीय मानिसले आफ्नो अटोबायोग्राफी लेख्नुलाइ अचम्मको कुरा मानिएको छ । उमेरको हिसाबले उनले अझै असंख्य अनुभव बटुल्न बाँकी नै छ । उनलाई यति छिटै आफ्ना अधुरा अनुभवको संगालो बाहिर ल्याउन कुन फ्याक्टरले उत्प्रेरित गर्यो होला भन्ने धेरैमा कौतुहलता व्याप्त छ ।

स्नोडेन अहिले आफ्नो मातृभूमिमा भएको भए जेल सजाय भोगिरहेका हुने थिए । गोप्य सूचना चुहाएको आरोपमा उनलाई प्रतिगोप्य पेज सन्देशको १० वर्षका दरले जेल सजाय हुने थियो । उनलाई अमेरिकाले गोप्यतापूर्वक संकलन गरेका करिब १५ लाख पेजका सुचनाहरु चुहाई दिएको आरोप लगाएको छ । यो हिसाबले स्नोडेनलाई एक करोड ५० लाख वर्षको जेल सजाय हुने थियो ।

यदि स्नोडेन अमेरिकामा भएको भए संसारको प्रजातन्त्र र मानवाधिकारको मसिहा ठानिएको अमेरिकी सरकारले उनलाई यति लामो जेल सजाय तोक्ने रहेछ भन्दै संचार माध्यमहरुले आश्चर्य मानेका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top