एनआरएनए केन्याको अध्यक्षमा डुम्रे

काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्‌, केन्याको अध्यक्षमा सुरज डुम्रे चयन भएका छन् । परिषद्‌को चौथो राष्ट्रिय महाधिवेशनले डुम्रेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

परिषद्‌को उपाध्यक्षमा शिव लाल, महासचिवमा टीका धिताल, सचिवमा लक्ष्मी ब्लोन, कोषाध्यक्षमा यज्ञमणि (भरत) रेग्मी, महिला संयोजकमा कुमारी जिसी र युवा संयोजकमा कमलराज अधिकारी चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा डा. सीताराम घिमिरे, इ. बरुण शुवाल, मनोज बस्नेत, रवी जैन, भगवती तामाङ, प्रभाकर भण्डारी, गणेश कामी र लक्ष्मण गैरे रहेका छन् । संरक्षक ईन्जिनियर कुलबहादुर कार्की, नारायण भट्टराई र उदय हाडा छन् ।

सल्लाहकार समितिमा कृष्णदत्त भट्ट, खेम पौडेल, धनेद्र बस्नेत र कृष्ण गैरे चयन भएका छन् । केन्यामा झन्डै ५ सय नेपाली कार्यरत छन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top