अभिनय यात्रामा सोफिया

टर्कीमा आयोजित ‘फ्युचर फेस अफ ब्युटी इन्टरनेशनल’ (सन् २०१५) मा  टप टेन भित्र पर्न सफल भइ ‘मिस टुरिजम’को ताज हात पारेर नेपाललाई चिनाउन सफल सोफिया न्यौपाने नेपाली फेशन जगतमा चिरपरिचित नाम हो । केही नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोफियाको चाँडै नै ठूलो पर्दाको अभिनय यात्रा सुरु हुने तय भएको छ ।

५ फिट ५ इन्च उचाइकी सोफिया सामान्यतयाः ट्रेन्डी पहिरन मन पराउँछिन् । भारतको बेंगलुरुबाट बायोलोजीमा ग्र्याजुट सोफिया भक्तपुर काँडाघारीकी स्थायी बासिन्दा हुन् ।  बिगतमा भिजे तथा संचारकर्मीको रुपमा समेत अनुभव प्राप्त गरेकी उनि हाल एक्सप्रेस मल्टिमिडियामा बिजनेश डेभलपमेन्ट अफिसरको रुपमा कार्यरत छिन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top