अमेरिकामा सवारी दुर्घटना : एकै परिवारका तीन नेपालीको मृत्यू

काठमाडौँ । अमेरिकाको मिजौरी राज्यमा मंगलवार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा एकै परिवारका तीन जना रहेका छन् ।

दुर्घट्नामा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनालको मृत्यू भएको हो । दुर्घटनामा श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा घाइते भएका छन् । घाइतेमध्ये ४ वर्षीय बालकको अवस्था चिन्ताजनक रहेको स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीका अनुसार, श्रद्धाका पति प्रभाश ओझाले चलाएको सिल्भर रंगको टोयोटा र्याभफोर गाडी पछाडिबाट आएको सेतो रंगको टोयोटा पिक अपले ठक्कर दिँदा दुर्घट्ना भएको थियो ।

मिजौरीको स्थानीय समय अनुसार मंगलवार करिब २ बजेर ५५ मिनेटको समयमा हाइवे ४४ मा सो दुर्घटनामा भएको बताइएको छ ।

पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तका अनुसार सन् २०१२ मा डिभी परेर श्रद्धाको परिवार अमेरिका आएका थिए । श्रद्धाका बुवा आमा भने करीब तीन महिना पहिला मात्र अमेरिका आएको बताइएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top