सिम र वाइफाई बिना नै कल गर्न मिल्ने प्रविधिसहितको मोवाइल बजारमा !

मोबाइल कम्पनि अप्पोले सेलफोन प्रयोगकर्ताहरुका लागि नयाँ प्रविधिको फोन बजारमा ल्याएको छ । चाइनिज कम्पनी अप्पोले बिना वाइफाई र सिमको प्रयोगबाट कल गर्न मिल्ने नयाँ प्रविधि ल्याएको हो ।  मेसटक नाम दिएको यस प्रविधिबाट प्रयोगकर्ताले वाइफाई, ब्लुटुथ र सिमको सेलुलर कनेक्सन बिना नै एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तासँग कुराकानी गर्न सक्नेछन् ।

मेसटकको प्रयोगबाट अप्पो स्मार्टफोन प्रयोग गर्ने एक प्रयोगकर्ताले अप्पो स्मार्टफोन नै प्रयोग गर्ने अर्को प्रयोगकर्तासँग नि:शुल्क र सुरक्षित रुपमा कुराकानी गर्न सक्नेछन् । अप्पोका अनुसार ३ किलोमिटर बीचको दुरीमा रहेको दुई अप्पो स्मार्टफोनका प्रयोगकर्ताले एक आपसमा कुराकानी गर्न सक्नेछन् ।

यस प्रविधिलाई धेरै भिड वा वातवरणका कुनै पनि तत्वले केही प्रकारको नगर्ने अप्पोले बताएको छ ।

यसका लागि अप्पोले एड हक नेटवर्क संचालनमा ल्याउने छ जसको सहायताबाट अप्पोका स्मार्टफोनहरू एक आपसमा कुराकानी गर्न सक्नेछन् । यस प्रविधिको प्रयोगका लागि कुनै पनि बेस स्टेशनको आवश्यकता नपर्ने कम्पनीले जनाएको छ ।

यस प्रविधिले नेटवर्क र इन्टरनेटको पहुँच नभएको स्थानमा सहयोग पुर्याउने अप्पोको दाबी छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top