शुक्रबार दिउँसो रसियन सैनिक हवाई अड्डाबाट दुईवटा हवाई जहाज भेनेजुएलाको राजधानी काराकसको लागि उडेको फ्लाइट ट्र्याकिङ्ग वेबसाइटले देखाएको थियो भनि एक रुसी समाचार प्रधान वेबसाइट फोर्ट रस न्युज ( एफआरएन )ले जनाएको छ । समाचार अनुसार २२ मार्च, त्यसैगरी २४ मार्चमा पनि अर्को एउटा हवाई जहाज काराकसकै लागि उडेको सोहि वेबसाइटमा देखाइएको एफआरएन (फोर्ट रस न्युज )ले उल्लेख गरेको छ । यो समाचारलाई टर्किको अंग्रेजी भाषाको टेलिभिजन च्यानल टीआरटिले समेत २५ मार्च सोमबारका दिन दृश्य सहित देखाएको थियो ।
एफआरएनको समाचारमा काराकसका स्थानीय पत्रकारलाई उधृत गर्दै शनिबारका दिन भेनेजुएलाको प्रमुख हवाईअड्डामा रसियन एयरफोर्सका दुई वटा हवाई जहाजहरु उत्रेका जनाइएको छ । उक्त हवाईजहाज हरुले रक्षा मामिला संग सम्बन्धित अधिकारिहरु र एकसय सैनिकहरु ल्याएको समाचारमा उल्लेख छ । मस्कोले सिरियामा जस्तै भेनेजुएलामा ‘रेड लाईन’को नीति अन्तर्राष्ट्रिय समुदाय सामु प्रदर्शन गरेको समाचारमा बताइएको छ ।
३ महिना अघि दुई देश बीच भेनेजुएला मै संयुक्त सैनिक अभ्यास भएपछिको यो अर्को कदम हो । संयुक्त सैनिक अभ्यासलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले दुई देश बीचको सम्बन्ध घनिष्ट भएको संकेतको रुपमा लिएका थिए । तर सोहि अभ्यासलाई अमेरिकाले “सो क्षेत्रमा रुसी घुसपैठ”को संज्ञा दिएको थियो । तर भेनेजुएला एक स्वतन्त्र र सार्वभौम देश हो भन्दै भेनेजुएलाको सरकारको बारेमा समाचारमा भनिएको छ “यो साम्राज्यबादको हस्तक्षेपलाई रोक्न बनेको एक मौलिक प्रयास हो ।” भेनेजुएलाको बैधानिक सरकारको अनुरोधमा रसियन सैनिक सल्लाहकारहरु र अन्य सैनिकहरु आएको समेत समाचारमा उल्लेख छ ।
I think this is disembarkment. On the footage of landing An-124 these heavy trucks were empty.
Photo of the 🇷🇺#RussianAF Antonov An-124 airplane in #Caracas 🇻🇪#Venezuela today, March 23 2019 pic.twitter.com/27LRcJ8NpP
— Capt(N) (@Capt_Navy) March 24, 2019
एकजना समाचारदाता ह्याभियर मायोर्काले शनिबार ट्विटर मार्फत एउटा प्लेनले स्थल सेनाका प्रमुख भ्यासिली तोंकोश्कुरोभलाई र अर्कोले ३५ टन सामान लिएर आएको सुचना दिएका थिए ।
इल्युसिन आइएल – ६२ यात्रुबाहक जहाज र एण्टोनोभ एएन – १२४ सैनिक मालबाहक जहाज शुक्रबारका दिन च्क्लोब्स्कि रसियन सैनिक एयरपोर्ट बाट उडेको तथ्य फ्लाइट ट्र्याकिङ्ग वेबसाइट फ्लाइट राडार २४ ले बाहिर ल्याएको थियो । ति हवाई जहाजहरु सिरियामा केहीबेर रोकिएको समेत समाचारमा लेखिएको छ ।
अर्को फ्लाइट ट्र्याकिङ्ग साइट अड्स्बेएक्सचेन्जले जनाए अनुसार आइतबार मध्यान्ह पछि काराकसको लागि अर्को मालबाहक हवाइजहाज उडेको थियो ।
यस सम्बन्धमा रुसको विदेश मन्त्रालय, रक्षा मन्त्रालय र क्रेमलिनका प्रवक्ता मौन छन् ।
ट्रंप प्रशासनले भेनेजुएला माथि कडा नाकाबन्दी लगाउनुका साथै त्यहाँको सेनालाई राष्ट्रपति मडुरो बिरुद्ध उत्रन खुल्लेआम आह्वान गरेको छ । मडुरोले नाकाबन्दीलाई साम्राज्यबादी हस्तक्षेप बताउँदै आएका छन् ।
राष्ट्रपति मडुरोलाई रुस र चीनको बलियो समर्थन प्राप्त छ । आजका दिन सम्म अमेरिकाका कठपुतली गुऐडो र अमेरिकी प्रयास भयङ्कर अप्ठ्याराहरु झेल्दै असफलताको दिशा तर्फ उन्मुख छ । कठपुतली गुऐडोले अमेरिकी घोषणा बाहेक अन्य कुनै शासकीय शक्तिको अभ्यास गर्न सकेको देखिदैन ।
अमेरिका आफ्नै ‘ करेसाबारी ‘मा आफ्नो प्रभाब गुमाउदै गैरहेको देखिदैछ । अमेरिका आधिकारिक रुपमै संयुक्त राष्ट्र संघको घोषित सिद्धान्तलाई तोड्दैछ र प्रत्येक सार्बभौम देश हरुको आत्मनिर्णयको अधिकारलाई कुल्चदै ‘मुनरो डक्ट्रिन’लाई पुनर्जीवित गर्दैछ ।
गत डिसेम्बरमा पनि रुसले आणविक हतियार बोकेर उड्न सक्षम दुईवटा बमबर्षक लडाकु बिमानहरु पठाएर मडुरोको सरकारलाई बलियो समर्थन रहेको स्पष्ट पारेको थियो । तर अमेरिका रुसको यस कदम बाट क्रुद्ध हुनु सिबाय अन्य प्रतिरोधात्मक कारबाही गर्न सकेन ।
राष्ट्रपति मडुरोले अर्को हप्ता रुसले पठाएको औषधिहरु भेनेजुएला आइपुग्ने कुरा गत बुधबार बताएका थिए । गत फेब्रुअरीमा रुसले ३०० टन मानवीय सहायताको प्याकेज पठाएको थियो । आगामी दिनमा समेत रुसबाट यस्तै सहयोगको अपेक्षा भेनेजुएलाले राखेको देखिन्छ ।
भेनेजुएलामा फेब्रुअरी महिना मै अमेरिका बाट बिपक्षी नेताको आह्वानमा आएको कथित ह्युमनिटेरियन एडको काफिलालाई सिमाना मै रोकिएको थियो । पछि बिपक्षी नेता गुऐडोका कार्यकर्ताहरुले नै त्यो कथित सहायता बोकेर आउने लरीहरुलाई आगो लगाएर नष्ट गर्दै ति लरी भित्र भएका सामानको रहस्यलाई दबाएका थिए । भेनेजुएला सरकारको ति लरीहरुले हात हतियार र सैनिक सामान ल्याएको आशंका गरेर तिनी हरुलाई कोलम्बियाको सिमानामा रहेको कुकुता शहर मै रोकेर भेनेजुएला प्रवेश गर्न दिएको थिएन ।