गत शनिबार पाकिस्तानी राष्ट्रपति अरिफ अल्वीले भारत माथि शब्दबाण प्रहार गर्दै अहिलेको द्विपक्षीय सम्बन्धमा देखा परेको तनावमा गैरजिम्मेवारीपूर्ण प्रबृत्ति देखाएको आरोप लगाएका छन् । भारतको यस्तो रबैयाकै कारणले गत महिनाको दुर्घटना भएको उनको संकेत थियो । गत फेब्रुअरी महिनामा भारतीय वायु सेनाले पाकिस्तानी सिमा उल्लङ्घन गरि हवाई कारबाही गर्दा भारतीय वायु सेनाकै दुई लडाकु जेटहरु पाकिस्तानी वायु सेनाले खसाली दिएको थियो भने एक जना वायु सेनाका कमान्डरलाई पक्राउ गर्न समेत पाकिस्तान सफल भएको थियो ।
पाकिस्तानले नयाँ हवाई आक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गरेर चीन निर्मित मध्यम दुरीका एयर डिफेन्स मिसाइलहरु आफ्ना बिभिन्न शहरहरुमा स्थापना गरेको समाचार डीएनए (डेली न्युज एण्ड एनालाइसिस) न्युज आउटलेटलाई उधृत गर्दै रुसी संचार माध्यम स्पुत्निकले समाचार दिएको छ ।
यस्ता मिसाइलहरु भारतीय सिमा नजिक तैनाथ गरिएको समेत समाचारमा उल्लेख छ । यस्ता मिसाइलहरुमा जमिन बाट आकाशमा प्रहार गर्न मिल्ने ५ वटा एलवाई -८० (एचक्यु – १६) मिसाइल र आइबिआइएस – १५० सर्भाइलेन्स राडार ब्याट्रिज समाबेश छन् । यस्ता मिसाइल्हरुले न्यून र मध्यम उचाइमा उडेका हवाई निशानाहरुको पत्ता लगाउन र तिनीहरुलाइ खोजेर ध्वस्त पार्ने क्षमता राख्दछन ।
यसको अलावा पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल नजिकै दुश्मनका गतिबिधि नियाल्न र आवश्यक परे आक्रमण गर्न भनि चीनमा निर्मित रेन्बो सीएच – ४ र सीएच – ५ द्रोण समेत तैनाथ गरेको समाचारमा जनाइएको छ ।
यस्तो परिस्थितीको बिकास गत महिनाको भारतीय अतिक्रमण र भारतीय गैरजिम्मेवारीपूर्ण प्रबृत्तिको कारण त्यसलाई तुरुन्त र प्रभावकारी ढंगले जवाफ दिनको लागि भएको पाकिस्तानी राष्ट्रपतिको भनाइ थियो ।
“पुल्वामा आक्रमण पछाडी भारतले पाकिस्तान माथि प्रमाण बिना नै आरोप लगाउदै आयो । अन्तर्राष्ट्रिय कानुन प्रति भारतले कुनै संमान नै जनाउने आवश्यकता ठानेन र पाकिस्तानी हवाई क्षेत्रको उल्लङ्घन समेत गर्यो” राष्ट्रपति अल्वीले थपेका थिए ।
फेब्रुअरी १४का दिन एक काश्मिरी युबाले भारत नियन्त्रित काश्मिरमा सुरक्षाकर्मीहरुको बिशाल लावालस्करलाई लक्षित गरि बम हमला गर्दा ४५ जना भारतीय सुरक्षाकर्मीहरु मारिएका थिए ।
यो आत्मघाती हमला पश्चात भारतीय वायुसेनाले पाकिस्तानमा लुकेर बसेका भनि बिश्वास गरिएको जैश-ए – मोहम्मद नामक जेहादी संगठनको क्याम्पमा आक्रमण गर्यो । तर सो हवाई आक्रमणबाट न कुनै भौतिक संरचनाको हानि नोक्सानी भयो न कुनै जेहादी नै मारियो । परन्तु पाकिस्तानी सेनाको जवाबी कारबाहीमा उल्टै भारतीय हवाई सेनाका २ वटा लडाकु जहाज ध्वस्त हुन पुगे भने एक जना वायु सेनाका कप्तान पाकिस्तानी कब्जामा परेका थिए ।
गत हप्ताको शुरुमा बेइझिङ्ग भारत -पाकिस्तानको तनावमा इश्लामाबादको पक्षमा सामुन्ने आयो ।
चिनियाँ विदेशमन्त्री वाङ्ग यीले “संसारमा र यसक्षेत्रमा जुनसुकै परिवर्तन भएपनि चीन पाकिस्तानको सार्बभौमिकता, स्वतन्त्रता र प्रादेशिक अखंड़ता तथा आत्म सम्मानको रक्षा गर्न जस्तोसुकै अवस्थामा पनि अगाडी आउनेछ” भनेर स्पष्ट शब्दमा भारतीयहरुलाई चेतावनी दिएका थिए ।