कोलम्बियन प्यारामिलिटरी प्रमुख भेनेजुएलामा पक्राउ

भेनेजुएला का राष्ट्रपति निकोलस मडुरोले कोलम्बियाद्वारा समर्थित स्वघोषित अन्तरिम राष्ट्रपति हुआन गुऐडोसँग सम्पर्क भएका कोलम्बियन प्यारामिलिटरी प्रमुखलाई भेनेजुएलामा पक्राउ गरिएको छ ।

“हामीले हाम्रो काराबोबो स्टेटमा रास्ट्रोजोस समुहको प्रमुखलाई नियन्त्रणमा लिएका छौं । उसले कोद्वारा र किन आफुलाई भेनेजुएला पठाइएको हो खुलस्त बताएको छ” मडुरोले राजधानी काराकसमा आफ्ना समर्थकहरुलाई भनेका थिए ।

राष्ट्रपति मडुरोले गुऐडोको चिफ अफ स्टाफले कोलम्बियन प्यारामिलिटरि प्रमुखको गतिबिधिको बारेमा सुचना चुहाएपछि ति कोलम्बियनको गिरफ्तारी सम्भब भएको बताएका थिए । गुऐडोको चिफ अफ स्टाफ रोबर्टो मार्रेरोलाई गत बिहिबार भेनेजुएलाका गुप्तचर एजेन्टहरुले पक्रेका थिए र मार्रेरो अझै कस्टडिमा रहेका छन् ।

मडुरोले अमेरिकाद्वारा समर्थित गुऐडो “राक्षसी प्रबृत्तिको एक बिषालु कठपुतली” भएको बताउँदै आफुलाई मार्नको लागि षड्यन्त्र गरेको समेत आरोप लगाएका थिए ।

“अमेरिकी साम्राज्यबाद मेरो हत्या गर्न चाहन्छ । हामीले भर्खर मलाई नै मार्न भनि खटाइएको एक राक्षसी प्रबृत्तिको कठपुतलीको एक षड्यन्त्रको पर्दाफास गरेका छौं । हामिसँग यसको प्रमाण छ तर आवस्यकता परेको घडीमा मात्र हामि यसलाई प्रष्ट पार्नेछौं” मडुरोले आफ्ना समर्थकहरुलाई भनेका थिए ।

भेनेजुएलाका संचार मन्त्रि जोर्ज रोड्रिगेजले एक टेलिभिजन संदेश मार्फत “षड्यन्त्रमा मध्यामेरिकाबाट निसानेबाजहरु भेनेजुएलामा ल्याएर हत्याकाण्ड मच्चाउने प्रयास भएको” बताएका थिए ।

गुऐडोको सहयोगी रोबर्टो मर्रेरोले यो सबै पोलको उद्घाटन गरि दिएकोले कोलम्बियन प्यारामिलिटरि प्रमुख कहाँ छन् भनि पत्ता लगाउन सहयोग पुगेको खुलस्त पारेका थिए ।

सन् २०१८ को मे महिनामा भएको राष्ट्रपतीय चुनावको बैधतालाई लिएर बिपक्षी नेता हुआन गुऐडोले आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । उनको घोषणालाई अमेरिका तथा उसँग सम्बद्ध राष्ट्र हरुले मान्यता दिएका छन् भने रुस, चीन, मेक्सिको, इरान लगायतका बहुसंख्यक देशहरुले गुऐडोलाई मान्यता दिएका छैनन् ।

संयुक्त राज्य अमेरिकाले त्यहाँका बैधानिक राष्ट्रपति मडुरोलाई अपदस्थ गर्न हरसम्भब उपाय गरि रहेको छ । अमेरिकाले अर्बौं डलर बराबरको भेनेजुएलाको तेलको बिक्रीमा अबरोध खडा गरेको छ भने बेलायतले भेनेजुएलाको सुन जफत गरेको छ । यस्ता कदमले पनि मडुरोको जनसमर्थनमा कमि नआएको र भेनेजुएलाको सुरक्षा संयन्त्र तथा सम्पूर्ण कर्मचारीतन्त्रले मडुरोको साथ् छोड्न नमानेकोले अमेरिकाले मडुरोको हत्या गराउने षड्यन्त्र गरेको तथ्यलाई रुसी संचार माध्यम स्पुत्निकको समाचारमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *