पदक विजेतासहितको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा भएको ‘स्पेसल ओलम्पिक समर वल्र्ड गेम्स’का पदक विजेतासहितको नेपाली टोली आज स्वदेश फर्किएको छ ।

गत फागुन ३० देखि यही चैत ७ गतेसम्म फरक क्षमता भएका व्यक्तिको खेलमा नेपालले एथलेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो । नेपालले एथलेटिक्समा एक स्वर्ण र दुई कास्य तथा बोसीमा एक रजत पदक जितेको थियो । एथलेटिक्सको पुरुष सटफुटमा अजय तामाङले स्वर्ण तथा सागर शेरचनले कास्य पदक जितेका थिए । महिला लङजम्पमा एलिसा न्यौपानेले कास्य तथा महिला बोसीमा महिमा कोइरालले रजत पदक जितेकी थिइन् ।

फुटसल टोलीमा अनिश कार्की, महेन्द्र कार्की, ईश्वर लिम्बू, इसान श्रेष्ठ, धनबहादुर क्षेत्री, अदेश काफ्ले, अदित बज्राचार्य र क्षितिज बानियाँ थिए । खेलमा १ सय ९० भन्दा बढी राष्ट्रको सहभागिता रहेको स्पेसल ओलम्पिक नेपालका अध्यक्ष डा शिक्षिता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्पेसल ओलम्पिकमा नेपालले पहिलो पटक स्वर्ण जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *