पाँचौँ साफ च्याम्पियनसिप उपाधि भारत जित्यो

काठमाडौं । पाँचौँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। विराटनगरको शहीद रंगशालामा भएको फाइनल खेलमा भारतले नेपाललाई १ का विरुद्ध ३ गोल गर्दै उपाधि जितेको हो। भारतले योपटकको गरी पाँचौँ पटक उपाधि जितेको हो।

घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । तर, २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरिन् ।

त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *