सुत्केरी महिलाको मृत्युु भएपछि सेती अञ्चल अस्पताल तनावग्रस्त

कैलाली । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तहरुले सेती अञ्चल अस्पतालमा प्रदर्शन गरेका छन् ।

धनगढी उपमहानगरपालिका १२ जुगेडाकी २२ बर्षिया रेखा थापाको उपचारको क्रममा बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

सुत्केरी व्यथा लागेपछि चैत ४ गते भर्ना भएकी थापाको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनको पेट सुन्निएको मृतकका श्रीमान जय थापाले बताए । उनले उपचारमा संलग्न डाक्टरले दुई दिनसम्म ग्यास्ट्रिकको उपचार गरिरहे ।

तर पेट सुन्निने समस्या कम नभएपछि उनलाई थप उपचारको लागि ७ गते बिहान कोहलपुर रेफर गरिएकोमा बाटोमा नै बिरामीको उनका श्रीमानले जानकारी दिए ।

मृत्यु भएपिछ मृतकको शव आफन्तले बुझ्न मानेका छ्रैनन् । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले भने शव नबुझेका हुन् ।

मृतकका आफन्तले लापरबाही गर्ने डाक्टरलाई कारबाही गरिनुपर्ने माग राख्दै विहानैदेखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *