क्रिमिया : पश्चिमी नाकाबन्दी भर्सेस पूर्वीय सहयोगी अंकमाल 

सन् २०१४ मा एक जनमत संग्रह मार्फत रुसी महासंघमा मिसिए पछि क्रिमियाले पश्चिमको नाकाबन्दी खेप्दै आएको छ । तर त्यहि क्रिमिया चीनको नयाँ सिल्क रोडको एक अंग बन्न गइरहेको छ । जसलाई पश्चिमीहरुले दुत्कारे त्यसलाई पूर्वीय संसारले अंकमाल गर्दै सहयोगको प्रस्ताव गरेको छ ।

पाँच महादेशका १५२ देशमा बिकास तथा लगानी सम्बन्धि योजनाहरु संचालन गर्ने गरि शुरु भएको चीनको महापरियोजना ‘बेल्ट एण्ड रोड’ अन्तर्गत चीनका निजि ब्यवसायीहरु त्यहि क्रिमियामा लगानी गर्न इच्छुक देखिएका छन् ।

क्रिमिया प्रायद्विपमा बसोबास गर्ने चिनियाँ नागरिकहरुको सँगठनका प्रमुख गे ज्हिलीका अनुसार उनीहरुको सँगठन क्रिमियन समाजसँग पारस्पारिक सहयोगको आदानप्रदान  र मित्रवत सम्पर्कलाई अझ वृद्धि गर्दै सम्बन्ध अझ मजबुत बनाउन चाहन्छ । उनले सोमबार, १८ मार्चका दिन बेइझिङ्ग स्थित रुसी दुतावासमा क्रिमिया रुसी मुख्यभुमिसँग पुन:एकीकरण भएको पाँचौं सतबार्षिकीको अवसरमा आयोजित एक समारोहमा यो कुरा बताएका हुन ।

क्रिमियामा बसोबास गर्ने चिनियाँहरुको सँगठनले जारि गरेको बयानमा क्रिमियाको महत्व मानिसहरुलाई बुझाउँदै सो प्रयाद्विपसँग विश्वसनीय सम्बन्ध बनाउँदै र बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत निजि योजनाहरु संयुक्त रुपमा संचालन गरिने उल्लेख छ ।

सँगठन ‘विश्वसनीय सहभागिताको सम्बन्ध’ स्थापना गर्न कटिबद्ध रहेको र क्रिमियामा ब्यवसाय गर्न आवस्यक सबै कानुनि ब्यवस्था पुरा गर्न  तयार रहेको बताउँदै गे ज्हिलीले “चिनियाँ समुदाय क्रिमियासँग मित्रवत सहयोगको बिकाशको अपेक्षा गर्दै आफ्नो तर्फबाट भरमग्दुर प्रयास रहने बिश्वास दिलाउन चाहन्छ । हामि सबै प्रकारका समस्यालाई झेलेर पनि सुखद परिणाम निकाल्न तयार छौं । ”

दक्षिणी चीनको हैनान टापु र क्रिमियन प्रयाद्विप, याल्टा र सान्या, सेभास्तोपोल र डालियान तथा सुदक र हेइहे शहरहरु बीचका भाइचारा सम्बन्धको पुनर्स्थापना समेत गरिने योजना भएको उनले सो अवसरमा बताएका थिए ।

सन् २०१४ को एक जनमत संग्रह मार्फत युक्रेनबाट छुट्टिएर रुसी महासंघमा पुन; सम्मिलित हुने निर्णय लिए लगत्तै क्रिमिया अमेरिका र युरोपियन युनियनको कोपभाजन हुन पुग्यो र अहिले सम्म आर्थिक नाकाबन्दि झेल्दै आइरहेको छ ।

बिआरआइ सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिन्पिंगद्वारा अगाडी सारिएको एक अत्यन्त महत्वाकांक्षी बिकास तथा लगानीको महापरियोजना हो । यस महापरियोजनामा एसिया, युरोप, मध्यउपूर्व, ल्याटिन अमेरिका र अफ्रिकाका गरि १५२ देश समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *