प्रभु बैंक लिमिटेडको झापा र मोरङ्गमा थप दुई नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको ईजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं.–७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं.–७ मा आज एकैसाथ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । झापा जिल्लास्थित चन्द्रगढी नगरपालिका वडा नं.–७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक समारोहकाबीच समुद्घाटन गरेका हुन् । त्यसैगरी मोरङ्ग जिल्लास्थित उर्लाबारी नगरपालिका वडा नं.–७ स्थित उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले समुद्घाटन गरेका हुन् ।

चन्द्रगढी शाखा कार्यालय र उर्लाबारी शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजिवीलगायत ठूलो संख्यामा सर्वसाधारणहरूको उपस्थिति रहेको बैंकद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कार्यक्रमका दुबै प्रमुख अतिथीहरूले आफ्नो धारणा व्यक्त गर्ने क्रममा प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरूमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरूलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रशंसा गर्दै उर्लाबारी तथा चन्द्रगढी नगरपालिकाबासीहरूलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्रदान गरेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यावसाय विस्तार गर्न तथा आफ्नो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्फत गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रहसमेत गरे ।

आजदेखि सञ्चालनमा आएका बैंकका चन्द्रगढी र उर्लाबारी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरू, विभिन्न किसिमका व्यावसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुबै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेमा बैंक विश्वस्त रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *