रुस र चीन बीचको ब्यापार दोब्बर हुने चिनियाँ प्रधानमन्त्रीको अपेक्षा

चिनियाँ प्रधानमन्त्री लि केकिंगले गत शुक्रबार रुस र चीन बीचको ब्यापार गतसालको तुलनामा दोब्बर हुने आशा व्यक्त गरेका छन् ।

गत बर्ष ति दुइ देश बीचको आपसी ब्यापार अन्तर्राष्ट्रिय ब्यापार वृद्धिमा मन्दी आउदा पनि १०० बिलियन डलर नाघेको थियो । प्रधानमन्त्री लिले चीनको बार्षिक बिधान सम्मेलन पशातको एक प्रेस कन्फरेन्समा बोल्दै “दुवै पक्ष उक्त उपलब्धि प्राप्त गर्न कटिबद्ध छन्” भनि बताएका थिए भनि चिनियाँ संचार माध्यम पिपुल्स डेलीले जनाएको छ ।

प्रधानमन्त्री लिले सो अवसरमा “चीन र रुस बीचको स्थिर तथा सुमधुर सम्बन्धले दुई देश बीच मात्र नभएर पुरा विश्वलाई नै लाभ पुग्ने” विचार व्यक्त गरेका थिए ।

यो बर्ष रुस र जनवादी गणतन्त्र चीन बीच कुटनैतिक सम्बन्ध स्थापना भएको ७० बर्ष पुरा हुदैछ ।

“बितेका सात दशकहरुमा हाम्रा दुई देश बीचको सम्बन्धले असाधारण यात्रा पार गर्यो र आज उच्च बिन्दुमा पुग्नुका साथै आपसी राजनतिक बिश्वास गहिरिदै गएर जनताहरुको तहसम्म पुगेको छ” लिले भने । उनले भबिष्यमा अझ बढी पारस्पारिक सहयोग कायम हुने सम्भावना छ भन्ने बिश्वास ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *