आँखा शिविरमा १०२ को शल्यक्रिया

डोटी। नेपाल चेम्बर अफ कमर्श डोटी शाखाले आयोजना गरेकोे आँखाको निःशुल्क शल्यक्रिया शिविरमा १०२ लाभान्वित भएका छन् । यही चैत १ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुने उक्त शिविरमा दुई दिनमै १०२ जनाको शल्यक्रिया गरिएको आयोजक संस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए ।

उनका अनुसार गत फागुन १७ देखि २७ गतेसम्म सञ्चालित निःशुल्क आँखा शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामीको आँखाको शल्यक्रियाका लागि सो शिविर सञ्चालन गरिएको हो । जिल्ला अस्पताल, च्यारिटी हेल्थ फाउण्डेसन, चोपडा अस्पताल, शैलेश्वरी अस्पताल, धनगढी नेत्रालय र प्रदेश सरकारले सो शिविरमा सहयोग गरेका छन् ।

आँखा शिविर पछि पुनः शल्यक्रिया शिविर आयोजनाले यहाँका बासिन्दा खुशी भएको स्थानीयवासी डबल साउदले बताए । सामान्य आँखा जाँचका लागि पनि यहाँका बासिन्दा कैलालीको गेटा जानु पर्ने हुन्थ्यो तर चेम्बरले गाउँमै निःशुल्क शल्यक्रिया गरेकाले पैसो बचेको र सहज भएको यहाँका स्थानीयवासी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *