वनभोजस्थल बन्दै श्रीनगर

पाल्प । पर्यटकीय गन्तव्यको सूचीमा घोषण गरिएको स्थानीय श्रीनगरडाँडा वनभोजस्थलको रूपमा विकशित भएको छ । आन्तरिक पर्यटकका लागि गतिलो गन्तव्यका रुपमा परिचित श्रीनगरडाँडा यतिबेला वनभोज गर्नेहरूको चहलपहल बढेको हो ।

उक्त डाँडोको हरियाली, स्वच्छ हावा तथा मनोरम प्राकृतिक सुन्दरताले सबैलाई आकर्षित बनाएकाले वनभोज गर्नेहरूको आकर्षण बढेको हो । दैनिक १० देखि १५ समूहले यहाँ वनभोज गर्दै आएका छन् । वनभोजपछि श्रीनगर घुमफिर गर्न आन्तरिक पर्यटक रुचाउँछन् ।

गर्मी बढेसँगै सार्वजनिक बिदाका बेला वनभोजका लागि जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाको पनि आगमन बढेको छ । छिमेकी जिल्ला रुपन्देही, स्याङजा, गुल्मी, नवलपरासी, कपिलवस्तु र अर्घाखाची जिल्लाका विद्यालय, सहकारी, टोलविकास समिति, सामुदायिक वन, सरकारी कर्मचारी शनिबार बिदामा श्रीनगरडाँडामा वनभोजका लागि आउने गर्छन् ।

सफा मौसम भएका बेला श्रीनगरबाट माछापुच्छ«े, धौलागिरि, अन्नपूर्णलगायत हिमालय अवलोकन गर्न सकिन्छ । श्रीनगरमा रहेको दृष्य अवलोकन स्तम्भबाट तराईका जिल्ला, समतल भाग, तानसेन बजार, माडीफाँट, बगनासकालीलगायत सुन्दर दृश्य सजिलै देख्न पाइने भएपछि सबैको रोजाइ श्रीनगर बनेको हो ।

पछिल्लो समयमा श्रीनगरमा दृष्य अवलोकन स्तम्भ, हनुमानको मूर्ति र बौद्ध स्तुप, बालबालिका लागि बाल उद्यानले जोहो सबैलाई मोहित बनाउँछ । वनको बीच भागमा रहेकाले हरियालीले चैत वैशाखको गर्मीमा गाउँ ठाउँमा देखिने हरियाली, राताम्मे लालीगुराँस फुलेको र मेहालको सेतो फूल फुलेको देख्दा सबैको मन लोभ्याउन सफल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *