स्थानीय तहलाई केन्द्रसँग पक्की सडकले जोड्नुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रत्येक स्थानीय तहलाई केन्द्रसँग पक्की सडकले जोड्नुपर्ने बताएा छन् ।

प्रदेशसभाको प्रदेश मामिला समितिद्वारा आज यहाँ आयोजित बजेट कार्यान्वयन र प्रगति विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शै्याको अस्पताल तथा एउटा उद्योग ग्राम निर्माण गरिने बताए ।

अन्तरक्रियामा प्रदेशसभा सदस्यका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एकीकृत बस्ती निर्माणको कामलाई प्राथामिकतामा राखेको जानकारी गराए । उनले एकीकृत बस्ती निर्माणका लागि सरकारले प्रकृयासमेत अगाडि बढाइसकेको बताए ।

उनले मकवानपुरमा १ सय ६० वटा घर बनाउने तयारी भइरहेको र दोलखा, रामेछाप र सिन्धुलीमा पनि एकीकृत बस्तीको निर्माण प्रकृया अगाडि बढेको जानकारी दिए । कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशले जटिलता सगै अवश्यक कानून निर्माण गरेको उल्लेख गरे ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तर्फबाट प्रमुख सचिव आनन्दराज ढकाललगायत सचिवले मन्त्रालयले सम्पादन गरेका कार्य विवरण पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *