बर्डफ्लुबाट प्रभावित क्षेत्रका कुखुरा नष्ट गरिने

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीको विभिन्न स्थानमा बर्डफ्लु रोगबाट प्रभावित कुखुरालाई नष्ट गरी गरिने भएको छ ।

स्थानीय नागस्वती क्षेत्रका विभिन्न स्थानमा कृषकले पालन गरेका ठूला कुखुरा र साना चल्ला गरी ४१ हजार ७ सय ६५ पशुपक्षीलाई चैत २ गते ९शनिबार० बिहान ९ बजेदेखि काठमाडौँबाट आएका चिकित्सकको प्राविधिक टोलीले नष्ट गरी खाल्टोमा पुर्ने तयारी गरिएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त आकस्मिक बैठकले कृषकले पालन गरेका ठूला कुखुरा र साना चल्ला नष्ट गरिँदा ती कृषकलाई राहतस्वरुप अनुदान प्रदान गर्न जिल्ला पशुसेवा कार्यालयका प्रमुख चिकित्सक डा. चेतनाथ खरेलको संयोजकत्वमा मूल्य निर्धारण गर्ने पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *