टोटी नालामा तटबन्ध निर्माण

कञ्चनपुर। जग्गा भूक्षय हुन नदिन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित टोटी नालामा रु ५० लाखको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ ।सिँचाइ कार्यालयको सहयोगमा नालाको चार ठाउँमा तटबन्ध निर्माण शुरु गरिएको र तीे तटबन्ध २५० मिटर लामो र तीन मिटर उचाइको हुने वडाध्यक्ष लालबहादुर ऐरले बताए ।
तटबन्ध निर्माणका लागि एक हजार ७०० घनमिटर ढुङ्गा र ४५० वटा ग्याबिन जाली प्रयोग गरिने र यसबाट २३० भन्दाबढी परिवारको जग्गाको सुरक्षाका साथै नजिकै रहेको क्याम्पसको जग्गापनि संरक्षण हुने उहाँको भनाइ थियो ।वर्षेनी नालामा वर्षात्का बेला आउने बाढीले जग्गा कटान गरी बगाउन थालेपछि रोकथामका लागि तटबन्ध निर्माणमा जोड दिइएको वडाध्यक्ष ऐरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *