इटाली बीआरआईमा सामेल हुने खबरले अमेरिका हैरान

इटाली चीनसँग बृहद् आर्थिक सहयोगको दिशातर्फ बढिरहेको समाचारले अमेरिकाको बेचैनी बढेको सूचना बाहिर आइरहेको छ । इटाली चीनद्वारा प्रस्तावित युरोप, एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका र अफ्रिका गरी १५२ देशहरु संलग्न विकाश तथा लगानीको महापरियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा सामेल हुन इच्छुक रहेको यसै हप्ता त्यहाँका प्रधानमन्त्री जुजेप्पे कोण्टेले बताएका थिए ।

प्रधानमन्त्री कोण्टेले सरकारले बीआरआई प्रोजेक्टअन्तर्गत रहने गरी एउटा प्रक्रिया फेला पारेको बताएका थिए । कोण्टेले इटालीले रणनैतिक गतिविधिहरु र राष्ट्रिय हित संरक्षणका लागि विशेष प्रकारको नीति लिने समेत बताएका थिए ।

तर अमेरिकी अधिकारीहरु बीआरआईमा समावेश नहुन् भनी इटाली लगायत अन्य देशहरुलाई बिआरआई महापरियोजना ऋणको जाल मात्रै हो बताउँदै आएका छन् । तर इटाली अहिले नै कुल ग्राहस्थ उत्पादन (जीडीपी) को तुलनामा १३० प्रतिशत पब्लिक ऋणद्वारा थिचिएको छ । इटाली युरोजोनभित्रको तेस्रो ठूलो अर्थतन्त्र हो ।

बीआरआईमा संलग्न नहुँदै त्यति ठूलो डेब्ट ट्रयापमा परेको देशलाई चिनियाँ परियोजनाको ‘ऋणले तिम्रो घाँटीमा सुर्काने पार्छ’ भनेर चेतावनी दिनु बीआरआई प्रोजेक्टबाट अन्यदेशहरुलाई विमुख पार्ने कसरत मात्रै हो । विशेषगरी इटालीको चीनसँगको ऐतिहासिक व्यापारिक सम्बन्धको कारणले समेत अहिले सबै किसिमले सम्पन्न भइसकेको चीनसँग सम्बन्ध राख्नु झनै आवश्यक देखिन्छ ।  इटालीले यही मार्च महिनाभित्रमा साइन अफ मेमोरेण्डम (एमओयु) मा हस्ताक्षर गर्ने योजना बनाएको कुरा बेलायतको प्रसिद्ध समाचारपत्र फाइनान्सियल टाइम्सले इटाली सरकारको अर्थ मन्त्रालयका सहसचिव मिसेल गेरासीलाई उद्धृत गर्दै लेखेको छ । इटाली चीनले नेतृत्व गरेको यो मल्टि ट्रिलियन डलरको महापरियोजनामा सामेल हुने जी– ७ भित्रको पहिलो राष्ट्र हुनेछ ।

मिसेल गेरासीले सहमति चिनियाँ राष्ट्रपति सी जिन पिङ्गको इटाली भ्रमणको समय र सूचनासमेत दिएका थिए । चिनियाँ राष्ट्रपति आगामी मार्च २२ तारिखका दिन फ्रान्स र अमेरिका जाने क्रममा इटालीमा हुनेछन् ।

गेरासीले हामी ‘मेड इन इटाली’ प्रोडक्टहरु विश्वको सबैभन्दा ठूलो बजार चीनमा सजिलै बेच्न सक्षम हुनेछौं भन्ने विश्वाससमेत प्रकट गरेका थिए ।

तर अमेरिकीहरु भने इटालीलाई यस प्रोजेक्टले ‘आर्थिक रुपमै टाट पल्टाउने र उसको अन्तर्राष्ट्रिय छवि बिगार्ने छ’ भन्दै त्रास देखाउँदै त्यसमा संलग्न नहुन दवाव दिइरहेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता गारेट माकर्Þुइसले मिडियाहरुलाई ‘हामी इटाली सरकारको यस निर्णयले इटालियन अर्थतन्त्र भताभुङ्ग हुने र दीर्घकालीन हिसाबले इटालीको अन्तर्राष्ट्रिय छबि धुमिल पार्नेछ भन्ने तथ्यप्रति सशंकित छौं’ भनेका थिए भनी एजेन्सीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *