“परदेशी साइलो”  बोलको गित सांगीतिक बजारमा..!

काठमाडौं । लोकगायक बिष्णु खतिवडाको  ‘परदेशी साइलो’ बोलको गित सांगीतिक बजारमा भित्राइएको छ ।  परदेशीको कहानीमा  आधारित उक्त गितलाई म्युजिक नेपालको आधिकारिक युटुब च्यानलबाट सांगीतिक बजारमा भित्राइएको हो ।

यस लोकदोहोरी  गितमा  गायक बिष्णु खतिवडा र गायिका लक्ष्मी परियारले  आवाज  भरेका छन्र । सो गीतमा शब्द तथा संगीत गायक खतिवडा आफैले गरेका हुन् । परदेशीको पिडा समेटेर तयार गरिएको हुँदा उक्त गीतलाइ सम्पूर्ण शुभचिन्तकले मन पराउने गयिका लक्ष्मी परियारले अपेक्षा गरेकिछिन्  ।

निर्देशक सुजन श्रेठ द्वारा निर्देशित म्युजिक भिडियोमा  कलाकार रिना थापा, श्याम क्षेत्री,  शान्ति मगर र  शुसान्त मगरले अभिनय गरेका छन् । पछिल्लो समय  निर्देशक श्रेठले विभिन्न गीतको भिडियोबाट निर्देशन गर्दै आफ्नो पहिचान बनाउन सफल भैसकेका छन्  । साथै यस गीतलाई हेरेर सबैले  सेयर गर्दै प्रतिक्रिया दिन निर्देशक श्रेठले सम्पूर्णमा अग्रह गरेका छन् ।

भिडिओ: 

Leave a Reply

Your email address will not be published. Required fields are marked *