पाचौं महिला साफ : नेपाल र भुटान भिड्दै

विराटनगर । नेपालले आज मंगलबार भुटानसंग खेल्दै महिला साफ च्याम्पियनसिप फुटबलको यात्रा सुरु गर्दैछ । उक्त खेल दिउसोको ३ः०० बाट सुरु हुने छ। दक्षिण एसिया क्षेत्रमा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानलाई आज सहजै पराजित गर्ने नेपालको लक्ष्य रहेको छ ।

पाँचौं संकरणमा आउँदा तीन पटक फाइनल पुगेको नेपाली टोली पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा रहेको छ तर भारतकै कारण साफ महिला फुटबलको उपाधि होडबाट नेपाल चार पटक बाहिरिएको थियो। सन २०१०, १२, र १४ मा फाइनलमा भारतसंग स्तब्ध भएको नेपाल सन २०१६ मा सेमिफाइनल खेलमा भारतसंगै पराजित भएको थियो ।

पछिल्लो पटक एसियन ओलम्पिक छनोटमा भारतसंग बराबरी र हिरो महिला कपमा भारतलाई उसकै घरेलु मैदानमा पराजित गरेको नेपाली टोलीको मनोबल उच्च छ ।हिरो महिला गोल्डकपको फाइनलमा म्यानमारसँग हार्दा भएको कमजोरी सच्याउँदै मैदान उत्रने मुख्य प्रशिक्षक हरि खड्का बताउँछन् ।

सन् २०१० देखि निरन्तर अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता सहभागिता जनाइरहेको नेपाली टोलीले अन्तराष्ट्रिय उपाधि जित्न सकेको छैन । चौथो संस्करणसम्मको उपाधि भने भारतले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *