आगलागी हुँदा एउटै परिवारका छ जना घाइते

भद्रपुर । झापाको कचनकवल–२ पाठामारीमा आज साँझ भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छ जना जलेर घाइते भएका छन् ।

घाइते हुनेमा ३० वर्षीया भारतीदेवी यादव, २९ वर्षीया चन्द्रकुमारी यादव, ७ वर्षीय आयुष यादव, ८ वर्षीया नियाकुमारी यादव, २९ वर्षीय शिवकुमार यादव र १८ वर्षीया चाँदनी यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार घाइते सबैलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *