भारतले भेनेजुएलाको तेल खरिद गर्न रोक लगाउनु पर्छ : युद्धप्रेमी अब्राहम

संयुक्त राज्य अमेरिका अन्य मुलुकहरु खास गरेर भारतलाई भेनेजुएलाबाट तेल खरिद नगर्न दबाबका साथ आग्रह गरिरहेको समाचार बाहिर आएको छ । यदि भेनेजुएलाले तेल बिक्रि गर्न नसकेमा राष्ट्रपति मदुरोको सरकार पल्टाउँन जनताहरु सहमत हुने उसको अनुमान छ ।

“हामीले भारतले मडुरो शासनलाई सहयोग पुर्याउन नहुने भन्दै त्यहाँका जनताको पक्षमा उभिन भारतलाई भनिरहेका छौं, र यस्तो दबाबपूर्ण आग्रह अन्य देशहरुलाई पनि गरेको तथ्य भेनेजुएलाका लागि अमेरिकी बिशेष प्रतिनिधि एलियट अब्राहमले बेलायति समाचार संस्था रायटरसँगको कुराकानीको अवसरमा बताएको रुसी मिडिया रसिया टुडेले उल्लेख गरेको छ ।

भेनेजुएलाको अर्थतन्त्रलाई जिबन्त राख्नको निमित्त ९८% हिस्सेदारी तेलबाट हुने मुनाफाको छ । अमेरिकाले गरेका सबै हरकतका बाजुद पनि भेनेजुएलामाथि आर्थिक नाकाबन्दी लगाउन अमेरिका सफल भएको छैन । तसर्थ अन्तर्राष्ट्रिय तेलको बजारबाट भेनेजुएलालाई बाहिर पार्न सफल भएमा जनताको मन मडुरो बिरुद्ध भड़काउन र बिशाल लोकप्रिय आन्दोलन मार्फत मडुरोलाई अपदस्थ गर्न सजिलो हुने वासिंगटनको अपेक्षा छ ।

अमेरिकाको आशिर्वाद प्राप्त हुआन गुऐदोले आफुलाई भेनेजुएलाको “अन्तरिम राष्ट्रपति” घोषणा गर्नु अघि नै अमेरिकाले भेनेजुएलालाई अन्तर्राष्ट्रिय तेलको बजारमा समस्या खडा गर्न आक्रामक बजारनीति तय गरेको थियो । यसबाट आफु एक्लिने देखेर भेनेजुएलाले नयाँ देल्ही तर्फ ध्यान पुर्याएको तथ्य रसिया टुडेले खोलेको छ ।

भेनेजुएला अहिले भारतको लागि तेश्रो ठुलो कच्चा तेलको आपूर्तिकर्ता देश बन्न गएको छ । अहिले भेनेजुएलाले ३ लाख ४० हजार ब्यारल तेल भारतलाई आपूर्ति गर्दै आएको छ र उ यसलाई दोब्बर बनाउन चाहन्छ । ब्लुम्बर्गका अनुसार फेब्रुअरीको आधाउधि देखि नै भारत भेनेजुएलाको कच्चा तेलको प्रमुख खरिदकर्ता बन्दै आएको छ ।

भारतले मडुरो सरकारसँग कुनै प्रकारको सम्बन्ध बनाउनबाट रोक्न अमेरिकाले दिएको दबाबलाई वास्ता गरेको छैन । यस सम्बन्धमा भारतको भनाइ कुनैपनि सार्वभौम देशलाई गुऐदोको सरकारलाई मान्यता देऊ भनेर आदेश जारि गर्न नमिल्ने भन्ने रहेको छ । तर अमेरिका भने इरानिएन तेलको खरिद प्रकरणमा जस्तै भारतमाथि दोश्रो किसिमको नाकाबन्दी लगाउने भन्दै दबाब दिइरहेको छ ।

अहिले भारत र अमेरिका बीच भैरहेको ब्यापार वार्तामा भेनेजुएला र इरानको तेलको बिषयले नै प्रमुख स्थान ओगटेको छ । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रंप भारतको गलत व्यापारिक अभ्यासको आँट होस् भन्ने सोचेर बसेका छन् । गत हप्ता मात्रै अमेरिकाले भारतलाई दिदै आएको सुविधायुक्त करमुक्त ब्यापार व्यवस्थालाई खारेज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *